समाचार
बकैया गाउँपालिकाको २ वडामा बिपद व्यवस्थापन समिति गठन
मकवानपुर, १० माघ । नेपाल रेडक्रस सोसाइटी छतिवन शाखाको आयोजनामा बकैया गाउँपालिकाको वडा नम्बर ५ र ७ मा बिपद प्रतिकार्य तथा उद्दार र राहतका लागि बिपद ब्यवस्थापन समिति गठन गरिएको छ । रेडक्रस सोसाइटी मकवानपुर जिल्ला उपसभापति झम्कप्रसाद गौतमले उद्घाटन गरेको कार्यक्रममा बिपद प्रतिकार्य ब्यवस्थापन सम्बन्धमा बकैयाका दक्ष तालिम...
खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण
खजुरा, बाँके, १० माघ । बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगन्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा शीतभण्डार निर्माण शुरु गरेको हो । १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता...
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ
भोजपुर, १० माघ । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण...
पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द
बैतडी, १० माघ । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता...
चुरे क्षेत्रमा चोरी–शिकारी रोक्न जनप्रतिनिधिको चासो
कञ्चनपुर, १० माघ । कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि...
मनाङमा भारी हिमपात
मनाङ, १० माघ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो...
चिसोका कारण सिरहामा थप एकको मृत्यु
लहान, १० माघ । अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले...
कर्मचारी अभावमा इलाका प्रशासनको सेवा बन्द
नुवाकोट, १० माघ । इलाका प्रशासन कार्यालय, सातबिसेबाट प्रवाह हुने सेवा कर्मचारी अभावमा बन्द भएको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि सोमबारदेखि सेवा बन्द भएको हो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाका सबै वडा,...
न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न
काठमाडौँ, १० माघ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका...
१३ दिनसम्म भएको दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार
दमक, १० माघ । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो...






