श्रम ऐन अनरुप सेवा नपाएको भन्दै हेटौँडामा मजदुर आन्दोलित

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार २०:३६

मकवानपुर, १७ माघ । राजनैतिक आडमा गरिने आन्दोलनका कारण करोडौ लगानी गरेको उद्योगबाटै हात धुनुपर्ने स्थिति आएको उद्योगपतिहरुको गुनासो आईरहेको समयमा हेटौँडाको औद्योगिक क्षेत्रभित्र रहेका एक पछि अर्को उद्योगमा हड्ताल भईरहेको छ ।

औद्योगिक क्षेत्रमा रहेको प्रोजीयो केम प्रालिले श्रम ऐन अनुरुप मजदुरहरुलाई सेवा सुविधा नपाएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । ऐन वमोजिम आफुहरुले सेवा सुविधा पाउनुपर्ने माग राख्दै बुधबार श्रम कार्यालय हेटौंडा , उद्योग संघ हेटौंडा , आौद्योगीक व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम पत्र पेश गरेका छन् ।

जेष्ठ १३ गते उद्योगमा श्रम ऐन बमोझिम स्थायी नियुक्ति माग्दा आजसम्म पनि व्यवास्था गर्दै आएकोले सम्वन्धित निकाउहरुमा अल्टिमेटम पत्र पेश गरि ध्यानाकर्षण गरिएको अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर प्रोजियो केम ईकाइ कमिटीका अध्यक्ष थल प्रसाद आचार्यले जानकारी दिए ।

श्रम ऐन अनरुप २४० दिनमा अस्थायीलाइ स्थायी नियुक्त दिनुपर्ने भएपनि हाल उद्योगमा नियमीत रुपमा ४ वर्षदेखि आफुहरुले काम गरिरहेको भएपनि श्रम ऐन बमोजिम नियुक्ति नदिएको मजदुर दिपेश मल्लले बताए । अब थप ७ दिन भित्र उनीहरुले श्रम ऐन वमोजिम सेवा सुविधा र स्थायी नियुक्ती नपाए थप संघर्षको कार्यक्रम गर्ने अल्टिमेटम पत्रमा उल्लेख गरेका छ । यस विषयमा उद्योगका सञ्चालक ओम प्रकाश बैठाले भने आफुहरुले नेपालको ऐन बमोजिमनै सम्र्पण मजदुरहरुलाई सेवा सुविधा उपलव्ध गराएको जानकारी दिए । उद्योगमा प्लाष्टिक जन्य सामानको साथै केमिकल उत्पादन हुने गरेको छ ।

हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको ११२ उद्योगहरु मध्ये हाल ८२ उद्योगमात्रै सञ्चालनमा रहेको छ । संचालनमा रहेका पनि कहिले लोडसेडिङको कारण त कहिले उद्योग मजदुरको बिवादमा बन्द हुने गरेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*