समाचार

ट्राफिक प्रशासन तालिम शुरु

काठमाडौं, १० माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्धारा महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा ट्राफिक प्रशासन २० औं समुहको तालिम संचालन भएको छ । उक्त तालिमको सोही महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश रंजितकारले मंगलबार आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो । द कार्यक्रममा...

गौचनलाई गोली हान्ने बागमारे यसरी समातिए

काठमाडौं, १० माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा प्रत्यक्ष संलग्न भएका बाराको गढीमाई नगरपालिका–१ पथलैया घर भई चितवनको भरतपुर महानगरपालिका–१३ चम्पानगर डेरा गरी बस्ने ३२ बर्षीय बागमारे भन्ने श्याम बहादुर गोम्बी गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय...

दामनमा हिउँ पर्यो, पर्यटकहरुको चहलपहल बढ्दो

मकवानपुर, १० माघ । मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ् र दामनमा आज हिमपात भएको छ । विहान साढे ९ बजेबाट हिमपात सुरुभएको थाहानगर स्थित पत्रकार सिम्रन् खड्काले जानकारी दिएकी छिन् । मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित दामन , सिमभञ्ज्याङ् लगाएतका स्थानमा हिमपात सुरुभएसंगै पर्यटकहरुको चलपहल पनि बढेको छ ।...

राजधानी बनेको खुशियालीमा हेटौँडामा काउनको दीप प्रज्वलन

हेटौँडा, १० माघ । ट्रेड युनियन काँग्रेस र बिडब्लुटी संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको आयोजनामा मंगलबार साँझ ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा बनेको खुशियालीमा हेटौंडा ४ मा दीप प्रज्वलन गरिएको छ । काउनका अध्यक्ष खलिल मियाँको अध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री...

मैले ‘ब्याक’ मा बसेर मजुवा खानी बन्द गराएको हैन : अध्यक्ष हुमागाई

मकवानपुर ९ माघ । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष विदुर हुमागाईले हेटौंडा सिमेन्टले कच्चा पर्दाथ उत्खनन्का लागि प्रयोग गर्न चाहेको मजुवा खानी आफुले ब्याकमा बसेर बन्द गराएको भनी सार्वजनिक समाचार प्रति आपत्ति जनाएका छन् । आज मंगलबार तु खबरमा यसबारे समाचार सार्वजनिक भएको थियो । हेटौंडा सिमेन्टले उद्योगको लागि आवश्यक कच्चा...

सशस्त्र प्रहरी दिवस विशेष समारोहमा यसरी सहभागी भए प्रधानमन्त्री देउवा

काठमाडौं, ९ माघ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ‘सत्रौं सशस्त्र प्रहरी दिवस २०७४’ विशेष समारोहमा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ ९ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पगुच्छा चढाउनुका साथै अमर...

सामाजिक संस्थाको जवाफदेहिता बृद्धि गर्न सामाजिक परीक्षण

हेटौँडा, ९ माघ । नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ । विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार...

स्याउली बजारबाट एक सय लिटर घरेलु मदिरा बरामद

मकवानपुर, ९ माघ । हेटौँडा १८ स्याउली बजारस्ति सडक खण्डबाट एक सय लिटर घरेलु मदिरा बरामद भएको छ । सोमबार बिहान करिब ८ बजेको समयमा प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले सो सडकखण्डामा सवारी साधन रोकी जाँच गर्ने क्रममा ठुलोदमारबाट हेटौडातर्फ आउँदै गरेको ना. २ ख. ७८८५ नम्बरको बस...

मकवानपुरको चौघडाबाट युवक पक्राउ

मकवानपुर, ९ माघ । मकवानपुरको चौघडाबाट लागुऔँषध गाँजा प्रयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति करिब १० बजे वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा हेटौँडा ७ चौघडा बस्ने वर्ष २३ को सुबास सुनारलाई पक्राउ गरिएको प्रहरीले...

भिमफेदी कारागारमा एचआईभी र हेपाटाईटिसका बिरामी, अधिकांश कैदी छाला तथा हाडजोर्नीका रोगी

भिमफेदी, ९ माघ । मकवानपुरको भिमफेदी गाउँपालिकामा अवस्थित क्षेत्रिय कारागार भीमफेदीमा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिबिर सञ्चालन भएको छ । शिबिरमा अधिकांश छाला रोगी तथा हाड जोर्नी रोगी भेटिएको बताइएको छ । साथै अति जोखिममा रहेको एचआईभी एड्स र हेपाटाईटिसका रोगबाट पनि धेरै जना ग्रसित भएको पाइएको छ...