समाचार
सत्तरी वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण
भक्तपुर, ९ माघ । यहाँका एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गर्नुभएको हो । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गर्नुभयो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता...
प्रदेशसभा सहजीकरणका लागि संसद् सचिवालयका कर्मचारी काजमा
काठमाडौँ, ९ माघ । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ । प्रदेशसभामा कर्मचारीको व्यवस्थापन नभइसकेको अवस्थामा संसदीय अभ्यास र अनुभवका आधारमा संघीय संसद् सचिवालयले सात वटा प्रदेशसभाका लागि एक सहसचिवसहित चारजनाका दरले कूल २८ कर्मचारी पठाउने निर्णय भएको सचिवालयका महासचिव मनोहरप्रसाद...
बसाइँ सराइले रित्तिँदै गाउँ
बागलुङ, ९ माघ । ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन् । पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ । रातो माटोमा टल्कने भित्ता उजाडिएको छ । झ्यालढोकाले असली रुप फेरेका छन् । छानो चुहिने भएको छ । वर्षौंदेखि न आगो न...
पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि
मुस्ताङ, ९ माघ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४।४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ । सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका...
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा
काठमाडौँ, ९ माघ । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै...
समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध
फलेवास, पर्वत, ९ माघ । उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न...
जयनगरमा फर्निचर मेला
रौतहट, ९ । गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुुरु भएको छ । नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो । मेलामा एकसय भन्दा बढी लोहार समुदायका मिस्त्रीले फर्निचर पसलको कक्ष राखेका छन् । बारा, रौतहट, सर्लाही र सीमावर्ती...
वादी समुदाय मुआब्जाबाट वञ्चित
जाजरकोट, ९ माघ । नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित क्षेत्रका वादी समुदायले मुआब्जा पाउन सकेका छैन्न । नलगाड नगरपालिका–१ दल्लीका १८ घरपरिवार वादी समुदाय मुआब्जा पाउनबाट वञ्चित भएका हुन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआब्जा रकम निकासा भए पनि तीन वर्षदेखि सो रकम वादी समुदायले पाउन...
थाहा नगरमा जनकल्याण माविको स्वर्णमहोत्सवमा राष्ट्रपति भण्डारी आउँदै, साताभरि विविध कार्यक्रम हुने
-मञ्जरी बलामी थाहा नगर, ९ माघ । उत्तरी मकवानपुरको थाहा नगरपालिका ३ मा अवस्थित जनकल्याण माविको ५० औं स्वर्ण महोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भणडारी आउने भएकी छिन् । स्वर्ण महोत्सव समारोहलागि राष्ट्रपति भण्डारी आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवको अवसर पारेर विद्यालय प्राङ्गणमा हलो समातेको मान्छेको...
गाउँपालिका अध्यक्षनै ‘ब्याक’ मा बसेर हेटौंडा सिमेन्टको खानी बन्द गराउँदै
मकवानपुर, ९ माघ । हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ मजुवाखानीबाट उठाउन नदिएपछि त्यहाँ मजुवाखानी उत्खनन्का लागि ३ महिनाअघिदेखि मेसिन तथा औजार अलपत्र छ । हेटौंडा सिमेन्टले कानून अनुसार, कच्चा पदार्थ उत्खनन्को लागि बानियाँ/ओम साई जेभीलाई अनुमति दिइसकेको छ । टेन्डर प्रकृयामार्फत् अनुमति पाएपनि बानियाँ/ओम साइ जेभीले कच्चा पदार्थ उत्खनन्...





