समाचार
भिमफेदीको विकासकालागि दिउँसै सपना देख्न अध्यक्ष हिदम लामाको आग्रह
भिमफेदी, ९ माघ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भिमफेदीको विकासको लागि यहाँका जनप्रतिनिधिहरुले राति सुत्दा होईन दिउँसै सपना देख्न जरुरी रहेको बताएका छन् । गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरुको नियमित, ब्यबस्थित तथा पारदर्शी बनाउन भिमफेदी गाउँपालिकाको १ देखी ९ वडा तहमा निर्माण उपभोक्ता पदाधिकारीबिच प्रशिक्षण अभिमुखीकरण कार्यक्रमको...
ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी
बैतडी, ९ माघ । बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन...
रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे : प्राचीन पोखरी र विहार फेला
नवलपरासी, ९ माघ । भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्भेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको हो । भगवान्...
घारमा अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण शुरु
बेनी, म्याग्दी, ९ माघ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । रु एक करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार...
गाउँपालिकाको भवनका लागि जग्गा उपलव्ध
बाबियाचौर, म्याग्दी, ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको ६ नम्बर वडामा पर्ने पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । सोमबार पोखरेबगरमा भएको टोल भेलाले गाउँपालिकाको भवन निर्माणका लागि १४ रोपनी चार आना जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । खड्ग गिरीको अध्यक्षतामा गठन...
बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु
चरिकोट, ९ माघ । चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार साँझ बा १२ च ८७७१ नम्बरको बोलेरो बे्रक फेल भई दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था...
दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण
काठमाडौँ, ९ माघ । करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरणले चालू आवको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दालाई फछ्र्योट गर्ने योजनासहित आन्तरिक क्रियाकलाप अगाडि बढाएको छ । कर निर्धारणका विषयमा असुली गर्ने (सरकार) र तिर्ने (करदाता) बीच विवाद भएपछि न्यायका लागि राजस्व न्यायाधीकरणमा मुद्दा पुग्नेगर्छ । न्यायाधीकरणको योजनाअनुसार चालू आवको...
तीन महिना वितिसक्दा पनि उपमहानगरपालिकाले शिक्षकलाई तबल खुवाएन
मकवानपुर । उपमहानगरपालिकाभित्रका शिक्षकहरुले ३ महिनादेखि तलब खान नपाउँदा उनीहरु मारमा परेका छन् । स्थानीय तहमा अधिकार आउनुभन्दा पहिला शिक्षा कार्यालयमार्फत् तलब भत्ता पाउँदै आएका श्रिक्षकहरुले अधिकार विकेन्द्र्रीकृत भई नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकामा आएपछि हेटौंडा उपमहानगरपालिकाभित्रका सरकारी विद्यालयका शिक्षकहरुले तलब भत्ता पाउन सकेका छैनन । जसका कारण शिक्षण पेशामा...
‘हेटौँडामा सडक बिस्तार आवश्यक भइसक्यो, सबैले चासो दिनुपर्छ’–आनन्दराम पराजुली
मकवानपुर, ८ माघ । नेपाली काँग्रेसका हेटौँडा नगर सभापति आनन्दराम पराजुलीले मकवानपुरको हेटौँडामा सडक विस्तार अपरिहार्य भइसकेको बताएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार हेटौँडामा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै उनले हेटौँडामा सडक फराकिलो पार्नु तत्कालको आवश्यकता भएको भन्दै राजधानी भइसकेपछि भौतिक पुर्वाधार पनि राम्रो हुनुपर्ने धारणा राखे...
सरस्वती पूजाको दिन भीमफेदीमा भीम आधार स्कुलको ११ औँ अभिभावक भेला संम्पन्न
भीमफेदी, ८ माघ । मकवानपुरको भीमफेदी गाउँपालिकामा एकमात्र शैक्षिक गुठी अन्तरगत सञ्चालित अंग्रेजी माध्यमको आधारभुत विद्यालय भीम आधार सामुदायिक स्कुलको एघारौं अभीभाबक भेला तथा सरस्वती पुजा सोमबार एक समारोहबिच भब्यताका साथ संम्पन्न भएको छ । कार्यक्रमलाइ अभभिाबक हरेन्द्र पटेल,नेपाल बाल संगठन सुरेन्द्र सापकोटा ,एन आइ सि मैनेजर प्रकाश थापा,ने.रे.सो.उपशाखा...





