समाचार
मजुवाखानीमा स्थानीयको अवरोधपछि टेण्डर प्राप्त संस्था दैनिक लाखौँको घाटामा
मकवानपुर, ८ माघ । हेटौँडा सिमेन्ट उद्योगको मजुवाखानीमा स्थानीयले उत्खनन् कार्य रोकेपछि उत्खनन गर्न अनुमति प्राप्त संस्थालाई दैनिक रुपमा लाखौँको घाटा परेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले सो विषयमा ध्यानाकर्षण भएको जनाएको छ । संघको सदस्य संस्था बानियाँ÷ओम साई जेभीले हेटौँडा सिमेन्ट उद्योगसँग मजुवाखानीबाट चुनढुङ्गा उत्खनन् तथा ढुवानीको लागि...
हेटौँडामा सवारी व्यवस्थापन समिति गठन, अटो र मयुरीको भविष्य कता ?
मकवानपुर, ८ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबार हेटौडा नगरमा सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग अन्तरक्रिया भएको छ । अन्तरक्रियाबाट ७ सदस्सीय सवारी व्यवस्थापन समिति समेत निर्माण गरिएको छ । समितिमा संघका सचिव काव्यमणि अधिकारी संयोजकत्व तथा नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे सहसंयोजक रहेका...
बस दुर्घटनामा चारजनाको मृत्यु
सल्यान, ८ माघ । बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । मृत्यु हुनेमा...
मकवानपुरको मनकामना जाने पर्यटकहरु भन्छन् “धर्म गर्न जाँदा लडेरै मरिने डर भो”
–बलराम पुडासैनी मकवानपुर, ८ माघ । मकवानपुरको मकवानपुृरढी अन्तर्गत पर्ने चर्चित धार्मिक तथा पर्यटकीयस्थल मनकामनासम्म जाने बाटो निकैनै जोखिमपुर्ण छ । आन्तरीक तथा बाह्य पर्यटकहरु हेटौँडादेखिको शोही बाटो हुदैं मककामना मन्दिरर सम्मको यात्रा गर्छन् । तर बाटोको अवस्था हेर्दा एकपटक यात्रा गरेपछि फर्केर सोही बाटो हुँदै जान जो कोहि...
सडकमा मागेरसमेत खान नसक्नेको चम्कियो मुहार
रत्ननगर, चितवन, ८ माघ । आफै बेवारिसे हुनुभएका मकवानपुर कुलेखानीका ७१ वर्षीय हेमन्तकुमार लामा नौ महिनाका बालक ‘सर्वोत्कृष्ट’लाई काखमा राखेर खेलाउँदै हुनुहुन्थ्यो । लमजुङको सडकमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाबाट जन्मिएका हुन् ‘सर्वोत्कृष्ट’ । लामालाई नारायणगढको सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारी तीनहप्ता पहिले उद्धार गरिएको थियो । दुवैजनाको भेट...
नार्कद्वारा उन्नत जातका बीउको विकास
काठमाडौँ, ८ माघ । कृषि अनुसन्धान परिषद् ९नार्क०ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहँु, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४...
रु तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ
काठमाडौँ, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको...
वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीबाट प्रसाद ग्रहण
काठमाडौँ, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको हो । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने...
आगलागीबाट १८ लाखको क्षति
काठमाडौं, ८ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि १८ लाखभन्दा बढीको क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ डाडागाउँ बस्ने गोबिन्द राई र गजेन्द्र राईको घर र गोठमा आइतबार आगलागी हुदाँ करीब १२ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । सिराहाको सिरहा नगरपालिका–६...
अचेत अवस्थामा फेला परेकी विद्यार्थी सहित ३ जनाको मृत्यू
काठमाडौं, ८ माघ । मुलुकका विभिन्न स्थानहरुमा अचेत अवस्थामा फेला परेका व्यक्तिहरुको अचेत अवस्थामै ज्यान गएको छ । हुम्लाको अचेत अवस्थमा फेला परेकी श्रीमहाबौद मा.वि.नाम्खामा कक्षा १० मा अध्ययनरत नाम्खा गाउँपालिका–५ तुमकोट बस्ने १७ वर्षीया सिचु डोमाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार विद्यालयको होस्टेलमा अचेत अवस्थामा फेला...








