बर्दियामा बढे कुष्ठरोगी

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार १४:२०
Pic :ipsumcare.com

गुलरिया, बर्दिया, १६ माघ । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएको छ ।

उहाँले ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ आँै विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो जानकारी दिनुभएको हो । उहाँका अनुसार गतवर्ष कुष्ठरोगी बढेका थिए औषधि खानेमा तीन हजार २१५ जना थिए भने यस वर्ष दुई हजार ६२६ जना उपचार लिने बिरामी छन् ।

पहिलेको तुलनामा बिरामी घट्दै छन् यस वर्षको पहिलो चौमासिकमा २७ जना बिरामी पत्ता लागेका र सबैभन्दा बढी गुलरिया नगरपालिकामा रहेको उहाँले बताउनुभयो ।

निःशुल्क उपचारका लागि सिफारिश

यसैबीच, बर्दियाबाट क्यान्सर रोगीलाई २०६८ देखि २०७४ सालसम्म ४५८ जनालाई निःशुल्क उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले सिफारिश गरेको शाहले बताउनुभयो ।

त्यसैगरी सिकलशेल रोगका बिरामी ३८२ लाई, २२८ मुटुरोगकालाई, १५१ जना मिर्गौला रोगका बिरामी, १३ जना स्पाइनल इजुरी, एकजना हेडइन्जुरी गरी जम्मा ६१० जना महिला र ६२३ जना पुरुष समेत जम्मा एक हजार २३३ जनालाई निःशुल्क उपचारको लागि सिफारिश गरी पठाएको जानकारी दिनुभयो ।

यस्तै, निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ५४८ जनाले सेवा पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार ८०० लाई बन्ध्याकरण गर्नुपर्नेमा अबको १० दिनभित्रमा लक्ष्य पूरा हुनसक्ने सूचना अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी बन्ध्याकरण गर्नेमा महिला ९३ प्रतिशत छन् भने पुरुष सात प्रतिशत मात्र छन् । पुरुषले रोजगारीको सिलसिलामा घरबाट बाहिर जानुपर्ने भएकाले कमजोर शरीर हुने भएको हुँदा उनीहरु बन्ध्याकरण गर्न नमान्ने चौधरीको भनाइ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*