थाहा नगरमा जनकल्याण माविको स्वर्ण महोत्सव भव्य रुपमा शुरु

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार १४:००

–मञ्जरी बलामी
मकवानपुर, १६ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सोमबारबाट सुरु भएको छ । विद्यालयको आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो । वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस वर्ष माघ १५ गतेदेखि २१ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको हो । सम्मेलनकै अवसरमा विद्यालयले ७ दिने कार्यक्रम अन्तर्गत सोमबार पहिलो दिन कार्यक्रम उद्घाटन, रक्तदान कार्यक्रम, साँस्कृतिक कार्यक्रम तथा कवज प्रदर्शनी र विज्ञान कृषि चित्रकला प्रदर्शनी गरेको छ ।

स्वर्ण महोत्सवको लागि विद्यालयले २२ वटा विभिन्न विधाको लागि २२ जना बाट स्पोन्सर समेत पाएकोे छ । जस मध्ये गोरखनाथ बालुवा प्रशोधन केन्द्रले १३०० थान क्यापको लागि ७८ हजार, कृष्णध्वज कार्कीले भलिबल प्रतियोगिताको प्रथमका लागि ५० हजार, बिक्रम केसीले भलिबल प्रतियोगिताको द्धितियको लागि २५ हजार, गुप्त बहादुर कार्कीले सामुहिक नृत्य प्रतियोगिताको लागि १५ हजार, रामराजा केसीले झाँकी प्रदर्शन प्रतियोगिताको लागि १५ हजार र नवराज लामाले कब्बडी छात्रा पुरस्कारको लागि १५ हजार सहयोग गरको प्राचार्य कार्कीले बताए । अन्य १६ जनाले भने १५ हजार भन्दा कम नगद सहयोग गरेका छन् । यस्तै हाल अष्ट्रेलियामा रहेका पुर्व विद्यार्थी शालिक राम कार्कीका छोरा हरि कुमार कार्कीले भबिष्यमा ५ लाख पुर्याउने गरि अहिले २ लाख रुपैयाँको हजुरबुबाको नाममा लोक बहादुर कार्की बिद्यार्थी कल्याण कोष जनकल्याण मावि स्थापना गर्ने र थाहा नगरपालिका २ निवासी हाल काठमाडौमा रहेका सुभाष चन्द्र बिष्टले ३ लाखको झलक चन्द्र शिक्षा ज्योती कल्याण कोष स्थापनाको घोषणा समेत गरेको प्राचार्य कार्कीले जानकारी दिए ।

त्यस्तै मंगलबार थाहा नगर स्तरीय लंङ जम्प प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम , निवन्ध लेखन, अभिभावक शिक्षक म्युजिकल चियर र साँस्कृतिक कार्यंक्रमको साथमा पुरस्कार वितरण हुने कार्यक्रम छ । त्यस्तै १७ गते थाहा नगरस्तरीय एकल गायन, सामुहिक नृत्य, दौड ९४०० मिटर, ८०० मिटर र ३००० मिटर, साथमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण हुने छ । साथै जिल्ला स्तरिय छात्र भलिबल (मावि विद्यालय स्तरिय) १८, १९ र २० गते हुने, १८ र १९ गते छात्राको कबड्डी हुने भएको छ । त्यसैगरि १८ गते बक्तृत्वकला १९ गते सटपुट तथा साँस्कृतिक कार्यक्रमको साथमा पुरस्कार वितरण गरिनेछ । साथै २० गते हाजिरी जवाफ र २१ गते अन्तिम दिन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि स्वर्ण जयन्तीको समापन गरिने जनाइएको छ ।

हाल विद्यालयमा कक्षा १ देखि १० सम्म ७७४, कक्षा ११ मा २२२ र कक्षा १२ मा २५६ गरि जम्मा १ हजार २५२ विद्यार्थी अध्ययनरत छन् । त्यसैगरि कृषि तर्फ बालि विज्ञान अन्तर्गत कक्षा ९ मा ३२, कक्षा १० मा ३८ जना विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, थाहाका शैक्षिक संस्थाका प्रतिनिधीहरु, शिक्षा प्रेमी, बुद्धिजिवि, समाजसेवी, राजनितिक दलका प्रतिनिधीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*