हेटौँडालाई प्रदेश राजधानी बनाउन मकवानपुरेले जस्तोसुकै मूल्य चुकाउनुपर्छ–ईन्द्र बानियाँ

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार २१:४२

-बलराम पुडासैनी
मकवानपुर, १६ माघ । पुर्व गृहराज्यमन्त्री एवं मकवानपुरका माननिय ईन्द्रबहादुर बानियाँले हेटौँडालालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन मकवानपुरवासीले नै पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनको धारणा छ ।

मंगलबार बस्तिपुर जेसिजको सातौँ पदस्थापन तथा पुरस्कार वितरणसभाको प्रमुख अथिति समेत रहेका बानियाँले सभालाई सम्बोद्धन गर्दै हेटौंडालाई प्रदेशको राजधानी बनाउने कुरामा जस्तोसुकै मुल्य चुकाउन पनि मकवानपुरे तयार हुनुपर्ने बताए । मकवानपुरमा प्रादेशिक संरचनाका विभिन्न आधारहरु जस्तै स्वास्थ्य ,शिक्षा, बन, लगाएतका केन्द्रहरु भएको, नजिकै मुलुककै ठुलो अर्थतन्त्रको केन्द्र बिरगञ्ज भन्सार रहेको, राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरु हेटौंडामै रहेको जस्ता कारणले हेटौँडा ३ नम्बर प्रदेशको स्थायी राजधानी बनाउन उपयुक्त रहेको उनको दाबी छ ।

हेटौँडा २ पटकसम्म अस्थायी राजधानी भइसकेको बताउँदै उनले यदि पहुँचको आधारमा कसैले स्थायी रुपमा अन्यत्र लाने दुस्प्रयाश गरेमा मकवानपुरे जनताले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्नेमा आफ्नो अडान रहेको उनले बताए । यसमा मकवानपुरका अन्य पार्टीका माननियहरु र सामाजिक संघसस्था। मकवानपुर उद्योग वाणिज्य संघ लगाएतका संघ–संगठनहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

‘पुष्कलको मुस्कानसहितको पद हस्तान्तरण’

बस्तिपुर जेसिज वर्ष २०१७ का अध्यक्ष पुष्कल न्यौपानेले हाँसेर मंगलबार वर्ष २०१८ का अध्यक्ष राममणी बर्तौलालाई पद हस्तान्तरण गरेका छन् । २०१७ मा आफुले सक्दो जेसिजको प्रवद्धन र विकासका लागि काम गरेको बताउँदै आगामी दिनहरुमा नयाँ अध्यक्षले अझैं राम्रो काम गर्ने शुभकामनाका साथ न्यौपानेले पद हस्तान्तरण गरेका हुन् । साथै उनले नयाँ अध्यक्षलाई सपथ ग्रहण समेत गराए । वर्ष २०१७ का टिमले वर्ष २०१८ को सम्पूर्ण टिमलाई सुभकामना दिँदै सपथ ग्रहण गराएका हुन् । न्यौपानेले आफ्नो कार्यकाल वर्ष २०१७ को सम्पुर्ण टिमलाई मायाको चिनोका साथ सम्मान समेत गरे ।

त्यसैगरि सोही सभामा वर्ष २०१८ का अध्यक्ष राममणी बर्तौलाले महासचिवमा विष्णु थापा , कोषाध्यक्षमा आकाश पाठक , कानुनी सल्लाहकारमा विदुर थापा, कार्यक्रम संयोजकमा बिनोद अर्याल लगाएतकालाई मनोनित गरेको समेत सार्वजनिक गरे । उनले जेसिजको उन्नती प्रगतीको लागि आफु डटेर लाग्ने प्रतिवद्धता समेत कार्यक्रममा ब्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा , मकवानपुरकी माननिय मुनु सिग्देल , जुनेली श्रेष्ठ ,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल ,लगाएत जेसिजका पुर्व अध्यक्षहरुले मन्तव्य राखेका थिए ।

जेसिजले युवालाई समेटेको र युवाको नेतृत्व विकासको लागि सहयोग गरेको भन्दै माननियहरुले खुलेर जेसिजको प्रसंशा समेत गरेका थिए । कार्यक्रममा बस्तिपुर जेसिजका संस्थापक अध्यक्ष गणेश भेटवालले जेसीजको उन्नति प्रगतिको शुभकामना समेत दिए ।

स्वर्गीय उदयसिं पाठकको स्मृतिमा मकवानपुरका २ जनालाई पुरष्कृत समेत गरिएको छ । बस्तिपुर जेसिजको स्थापनाको लागि महत्वपुर्ण योगदान पुर्याउने स्व. उदयसिं पाठकको स्मृतिमा जेसिजले पत्रकारिता क्षेत्रमा कार्यरत गणेश दर्पण अधिकारीलाई पत्रकारिता पुरस्कार र समाजसेवाका क्षेत्रमा योगदान पुराएको भन्दै मानव सेवा आश्रमका रामजी अधिकारीलाई समाजसेवा तर्फको पुरस्कार प्रदान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*