खेत भयो सिँचाइबाट वञ्चित

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार १६:२८

सल्लेरी, सोलुखुम्बु, १७ माघ । तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ ।

आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् ।

“कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भन्नुभयो । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहुँ खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ ।

खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । “खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,” उहाँले भन्नुभयो ।

आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताउनुभयो । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*