समाचार
कालीगण्डकी करिडोरको कुस्मा–मिर्मी खण्डको ट्रयाक असारभित्रै
फलेवास, पर्वत, १० माघ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको ट्र्याक खोल्ने काम असार सम्ममा नै सक्न लागिएको हो । करिडोरको...
२४ दिनपछि महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
बर्दिवास, १० माघ । महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ । गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला दुई÷तीन दिनयता मध्याह्नपछि घाम देखिएर घट्दै गएपनि एकाबिहानै पारिलो घाम भने २४औँ दिनमा आज देखिँदा जिल्लाका गाउँनगर बस्तीमा खुशी र...
जडीबुटी चोरी–निकासी बढ्यो
जाजरकोट, १० माघ । यहाँको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो । पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन ।...
धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा
पाल्पा, १० माघ । पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र पर्याप्त प्रचारप्रसार हुन नसक्दा तथा भौतिक संरचनाको विकास हुन नसक्दा अझै ओझेलमा परेको हो...
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि
काठमाडौँ, १० माघ । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हँुदैछ । निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ...
बकैया गाउँपालिकाको २ वडामा बिपद व्यवस्थापन समिति गठन
मकवानपुर, १० माघ । नेपाल रेडक्रस सोसाइटी छतिवन शाखाको आयोजनामा बकैया गाउँपालिकाको वडा नम्बर ५ र ७ मा बिपद प्रतिकार्य तथा उद्दार र राहतका लागि बिपद ब्यवस्थापन समिति गठन गरिएको छ । रेडक्रस सोसाइटी मकवानपुर जिल्ला उपसभापति झम्कप्रसाद गौतमले उद्घाटन गरेको कार्यक्रममा बिपद प्रतिकार्य ब्यवस्थापन सम्बन्धमा बकैयाका दक्ष तालिम...
खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माण
खजुरा, बाँके, १० माघ । बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीत भण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगन्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा शीतभण्डार निर्माण शुरु गरेको हो । १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुन महिनादेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता...
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ
भोजपुर, १० माघ । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण...
पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द
बैतडी, १० माघ । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता...
चुरे क्षेत्रमा चोरी–शिकारी रोक्न जनप्रतिनिधिको चासो
कञ्चनपुर, १० माघ । कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो । चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि...







