समाचार

फेवाताल संरक्षण गर्न प्रदेशसभामा प्रस्ताव लगिने

पोखरा, ११ माघ । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ । बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने बताउनुभयो । दिनप्रतिदिन फेवाताल...

जिप दुर्घटनामा एकको ज्यान गयो

पाल्पा, ११ माघ । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने...

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै पाउनुसक्नु हुनेछ जानकारी

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश ९एसएमएस०बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । काफ्लेले भन्नुभयो, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्,...

चैनपरको सिद्धकालीमा धर्मशालाको शिलान्यास

संखुवासभा, ११ माघ । पूर्वी नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ । चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन...

स्कुटर दुर्घटनामा चालकको मृत्यु

भक्तपुर, ११ माघ । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६...

साहित्यकार तथा पत्रकार साह सम्मानित

मकवानपुर । गढीमाई नगरपालिकाले बज्जिका तथा नेपाली भाषाको माध्यमबाट साहित्यमा योगदान पुर्याएको भन्दै तु खबर डट कमका स्तम्भकार, अग्रज पत्रकार तथा साहित्यकार संजय साह मित्रलाई आज सम्मान गरेको छ । गढीमाई नगरपालिकाको प्रथम नगरसभाको अवसरमा साहलाई प्रमुख अतिथि साँसद देविप्रसाद तिमल्सिनाले सम्मानित गरेका हुन् । नगर प्रमुख श्याम प्रसाद...

मन्त्रिपरिषद बैठकः भूकम्प पिडितलाई थप एक लाख, अब ६५ वर्षमै बृद्ध भत्ता

मकवानपुर । आज बसेको मन्त्रीपरिषद्को बैठकले महत्वपूर्ण तीन निर्णयहरु गरेको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार, अब ६५ बर्षकै उमेरमा वृद्धभत्ता पाइनेछ । यसअघि वृद्धभत्ता पाउने उमेर ७० थियो । त्यसलाई घटाउँदै सरकारले वृद्धभत्ता पाउने उमेर ६५ कायम गरेको हो । त्यसैगरी बैठकले भुकम्पपीडितलाई दिएको रकममा थप एक लाख रुपैयाँ...

प्रदेश-४ मा राष्ट्रिय सभा निर्वाचन : ८ पदका लागि १२ जना भिड्दैँ

कास्की / २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ८ पदका लागि हुने निर्वाचनमा कुनै पनि राजनीतिक दलले पुरै उम्मेदवारी नदिएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पोखराले जनाएको छ । एमाले र कांग्रेसबाट ४/४, माओवादी र राष्ट्रिय जनमोर्चाबाट २/२ गरी...

राष्ट्रियसभाका लागि कूल ८३ जनाको उम्मेदवारी

काठमाडौँ, १० माघ (रासस) : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला २६, दलित १४, अल्पसंख्यक÷अपांग १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । उक्त निर्वाचनका लागि प्रदेश नं १...

प्रदेश नं ६ मा १२ को उम्मेदवारी

सुर्खेत, १० माघ (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद...