समाचार

बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला

खोटाङ, ११ माघ । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको...

इलामका जलविद्युत् आयोजनाको घट्यो उत्पादन 

इलाम, ११ माघ । हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म...

रुपाकोट मझुवागढीको आवधिक विकास योजना निर्माण कार्य सुरु

खोटाङ, ११ माघ । नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ । आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो । यही...

रुपाकोट मझुवागढीको आवधिक विकास योजना निर्माण कार्य सुरु

खोटाङ, ११ माघ । नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ । आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो । यही...

बाघ गणनाका लागि राखिएको ६७ वटा क्यामेरा जंगलबाटै गायब

रत्ननगर, चितवन, ११ माघ । चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु यसरी हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा...

नेपालका लोपोन्मुख विभिन्न २९ भाषाको संरक्षण गरिने

काठमाडौँ, ११ माघ । भाषा आयोगले लोपोन्मुख चेपाङ, कुसुन्डा, दुरालगायत २९ भाषाको संरक्षण गर्ने भएको छ । आयोगले केही मानिसले बोल्ने तर प्रचलनमा नरहेका यस्ता भाषा लोप हुने खतरा रहेकाले तीनलाई बचाउनका लागि काम प्रारम्भ गर्न लागेको हो । आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषालाई मानव सभ्यताको निधिका रुपमा...

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

चितवन, ११ माघ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् । जिल्ला...

वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक लिन बाध्य

पाल्पा, ११ माघ । रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् । विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी स्रोतका शिक्षक रहेपछि विद्यालय धान्नका लागि सामुदायिक वनको आम्दानीबाट पाँच शिक्षकको तलब खुवाउन स्थानीयबासिन्दा बाध्य भएका हुन् । सन्तानब्बे...

स्थानीय सरकार वनेपछि न्याय सहज वन्दै

बनियानी, झापा, ११ माघ । स्थानीय सरकार बनेसँगै यहाँ जनताका लागि न्याय सहज बन्दै गएको अनुभव गर्न थालिएको छ । स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्षलाई न्याय सम्पादनको जिम्मेवारी दिइएसँगै न्याय सहज बन्दै गएको हो जसले गर्दा वर्षौं पुराना मुद्दा पनि स्थानीय तहमै मिल्न थालेका छन् । स्थानीय सरकारका ‘न्यायाधीश’ ९उपप्रमुख÷उपाध्यक्ष० ले...

दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

भोजपुर, ११ माघ । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बसोबास...