समाचार

कुइनेखानीमा लघुजलविद्युत् निर्माण

बाबियाचौर, म्याग्दी, १२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् । रु एक करोड नौ लाखको लागतमा निर्माण भएको परियोजनाबाट साविक...

किस्पाङ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो

नुवाकोट, १२ माघ । किस्पाङ गाउँपालिकालाई बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । किस्पाङ गाउँपालिकाको वडा नं ३, काउलेमा रहेका ९५३ धरधुरी सबैमा शौचालय निर्माण भएसँगै जिल्लाको पाँचौँ गाउँपालिकाको रुपमा किस्पाङलाई बिहीबार पूर्वसांसद् बहादुरसिंह लामा तामाङले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । गाउँपालिकामा रहेका पाँच वडाका...

सरकारविरुद्ध यसरी खनियो एमाले, यस्ता छन् ११ आरोप

काठमाडौं– सरकारले बुधबार ६५ वर्षमै बृद्धभत्ता दिने र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको २४ घण्टा नबित्दै एमालेले कडा आपत्ति जनाएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको निर्णय यस्तो लोकप्रियताको लागि मात्रै भएको आरोप लगाएको छ । सरकारको वार्षिक नीति र...

मन्त्रिपरिषदको निर्णय खोज्दै हेटौडेली सिंहदरवारमा

काठमाडौं । गत मंसिर १५ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय नै सिंहदरवारमा बेपत्ता भएपछि त्यसको खोजी गर्दै हेटौडेलीहरुले बिहीबार सिंहदरवारमा जुटेका छन् । हेटौडाको शहरी क्षेत्रलाई राजमार्गबाट हटाई सो मेहन्द्र राजमार्गलाई बैकल्पिक मार्ग दिने सम्बन्धी मंसिर १५ गते बसेको मन्त्रिपरिषदले निर्णय गरेपनि कार्यान्वयमा उक्त निर्णय नआएपछि हेटौडाका सरोकारवालाहरुले...

उद्योग वाणिज्य संघको महिला सभापतिमा निलम बैद्य

हेटौंडा, ११ माघ । मकवानपुर उद्योग वाणिज्य संघको महिला सभापतिमा कार्य समिति सदस्य निलम बैद्य चयन भएकी छिन् । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा अघिल्लो कार्य समितिकी महिला सभापति तथा वर्तमान कार्य समितिकी सदस्य निलम पाण्डेले एक कार्यक्रमका बीच सो पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा संघका अध्यक्ष कटुवालले...

बाग्मती गाउँपालिकामा पहिलो पटक पिकनिकको रमझम सहित प्रअ बैठक

राईगाउँ, ११ माघ । बाग्मती गाउँपालिका श्रोक केन्द्र स्तरीय प्रअ बैठक बुधबार पिकनिक सहित सम्पन्न भएको छ । श्रोतकेन्द्र स्तरीय प्रअ बैठक पिकनिक कार्यक्रम सहित गरिएको यो पहिलो पटक हो । कार्यक्रममा सहभागी विद्यालयका प्रधानध्यापक तथा अतिथिहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुतिसंगै मनोरञ्जनात्मक कार्यक्रम सहित बैठक गरिएको थियो ।...

‘थाप्ले सत्यवती’ संरक्षित वन घोषित

काठमाडौँ, ११ माघ । वन क्षेत्रहरुलाई संरक्षित वनको रुपमा विकास गर्दै लैजाने नीतिअनुसार सरकारले गुल्मीको ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन घोषणा गरेको हो । सरकारले यसअघि आठ वनलाई संरक्षित वन घोषणा गरी व्यवस्थापन कार्ययोजनासमेत तयार...

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च...

खाद्य सुरक्षा र पोषणका लागि एकीकृत कार्यक्रम जरुरी

काठमाडौँ, ११ माघ । सम्पूर्ण जनतालाई खाद्य सुरक्षा र पोषणयुक्त खानाको पहुँच पु¥याउन एकीकृत कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित नेपालमा खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा कार्यक्रममा सहभागीले सरकारी, गैरसरकारी र निजी क्षेत्रले एकै कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको हो...

१७ फिट लामो एक घाइते अजिङ्गरको उद्धार

महेन्द्रनगर, धनुषा, ११ माघ । धनुषाको वनमा घाइते अवस्थामा फेला परेको १७ फिट लामो एक अजिङ्गरलाई उद्धार गरिएको छ । स्थानीय साझेदारी वनमा घाइते अवस्थामा फेला पारिएको अजिङ्गरलाई जिल्ला वन कार्यालय र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीको संयुक्त टोलीले उद्धार गरेको हो । कसैले हिर्काएर बेहोस छोडिदिएको अजिङ्गरलाई मंगलबार ढल्केवरका...