समाचार
खोलामा पुल बन्दा पनि राजघाटबासी भए दुःखी
पथरी, मोरङ, । खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुन्छन् । तर झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन् । आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ । मोरङ र झापा जिल्लाको सिमानामा रहेको मावा खोलामा पुल...
यस्तो देखियो ‘लेट मि इन मिसेस व्यूटी क्वीन’हरुको मलेसिया भ्रमण (फोटो फिचर)
काठमाडौँ, १२ माघ । सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन । सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिप राज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा...
अनेरास्ववियु मकवानपुरको जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने
हेटौँडा, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरको २७ औँ जिल्ला अधिवेशन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ । कमिटिले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै सम्मेलन हेटौँडाको पल्पसा हलमाप गर्ने जानकारी दिएको हो । अनेरा स्ववियु केन्द्रीय सदस्य सन्तोष पौडेलको...
सडक निर्माणले छायो स्थानीयवासीमा खुशियाली
संखुवासभा, १२ माघ । संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको...
हेटौंडामा फेरि दुर्घटना, मोटरसाईकल चालकको मृत्यू
हेटौँडा, १२ माघ । मकवानपुरको हेटौँडामा बिहीबार जीप दुर्घटनामा मृत्यू भएको घटना सेलाउन नपाउँदै फेरि अर्को दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मिलनचोकमा बिहीबार राति नै मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको हो । ना.१८ प. ४६९१ नम्बरको मोटरसाइकल गएराति करिब सवा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो...
टुकीको भरमा रात बिताउन बाध्य नगर बासि
पाल्पा, १२ माघ । लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् । बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ । स्याउलीबजारका स्थानीयवासी...
‘भ्यालेन्टाइन डे’ लाई एक करोड पच्चिस लाखको रातो गुलाफ
काठमाडौँ, १२ माघ । यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही...
जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती
रुकुम, १२ माघ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै...
इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति प्रदान
इलाम, १२ माघ । कृषिउपज अलैँची, अदुवा, चिया र दुग्ध पदार्थको व्यावसायिक प्रवद्र्धनका लागि जवाफदेही र जिम्मेवार व्यापार व्यवसाय, अधिकार र व्यावसायिक सुशासनबारे आलेख र रिपोर्ट लेखेबापत इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ । लेखनवृत्ति पाउनेमा इलाम पोष्ट दैनिकका सन्तोष नेम्बाङ, एभिन्यूज टेलिभिजनका याम मावोहाङ, चियाबारी एफएमकी बन्दना...
सुनसरीमा एकसय ५५ साक्षरता कक्षा सञ्चालन
इनरुवा, १२ माघ । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक...







