समाचार
यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको ताजा मतपरिणाम अनुसार किरण पौडेल ३२ मतले अगाडी (अन्य मतपरीणाम सहित)
मकवानपुर १३ माघ । यातायात सहकारी संस्थाको चुनाव यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको नयाँ कार्यसमितिको चुनावको ताजा मत परिणाम अनुसार किरण पौडेलले हालसम्म ७१ मत प्राप्त गरेका छन् भने अध्यक्ष पदकै अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ३९ मत प्राप्त गरेका छन् । पत्रकार राज सापकोटाको अनुसार हालसम्म १०० मत गणना...
सिमभञ्ज्याङमा पर्यटकलाई मस्ती, स्थानीयलाई सास्ती, बस्ने ठाउँ नपाएर यात्रु अलपत्र
–मञ्जरी बलामी थाहा नगर, १३ माघ । अचानक परेको बर्षाद पछि मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको सिमभञ्ज्याङ र दामनमा बुधबार भारी हिमपात भएसँगै त्यस क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको संख्या शनिबार झन बढेको छ । बुधबार बिहानैबाट सामान्य हिमपात भए पनि दिउसो ३ बजेबाट एक्कासी भारी हिमपात हुँदा हिउ खेल्न...
थाहा नगरमा पुनर्लाभ, पुनस्थापन र पुननिर्माण हस्तान्तरण
-मञ्जरी बलामी थाहा नगर, १३ माघ । उत्तरी मकवानपुरको थाहा नगरमा पुनर्लाभ, पुनस्थापन, पुननिर्माण हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । टियरफण्डको सहयोग तथा राडो नेपाल, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, बहुआयामिक केन्द्र, र बाल कल्याण सामाजको कार्यान्वयन तथा थाहा नगरपालिकाको समन्वयमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।...
एमाले कार्यकर्ताको चर्को आलोचनापछि कोमल ओलीले मुख खोलिन्
हेटौडा । लामो समय कम्युनिष्ट पार्टी र एमालेभित्र योगदान पुर्याएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर गायिका कोमल वलीलाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गरेको भन्दै एमालेभित्र चर्को आलोचना भइरहेको छ । प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यमा सिफारिसमा परेकी वली निर्विरोध निर्वाचित हुने प्रक्रियामा छिन् । पार्टीभित्र दशकौं योगदान पु¥याएका बरिष्ठ...
राष्ट्रियसभामा मुुसलमान शून्य !
काठमाडौँ, १२ माघ (रासस) : नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् । यहाँ आज आयोजित पत्रकारमा सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै...
बालकृष्ण ढुंगेलको सर्वोच्चलाई लिखित जवाफ–शव नै फेला नपरी फैसला गरियो (पूर्णपाठसहित)
पूर्वसांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्धा’को लिखित जवाफ पठाएका छन् । राजनीतिक अभियन्ता भएको बताएका ढुंगेलले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतको आदेशमा डिल्लिबजारस्थित कारागारमा सर्वश्वसहित जन्मकैद भूत्तान गरिरहेका छन्...
सशस्त्र प्रहरी महानिरीक्षकलाई बचाउने कृष्णमोहन–नुडुपलाई सम्झेर फेरि रोयो काठमाडौँ
काठमाडौं, १२ माघ । सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते श्रद्धाञ्जली समारोहको आयोजना गरिएको छ । कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित स्मृति बाटिकामा आयोजित ‘कृष्णमोहन–नुडुप पन्ध्रौ श्रद्धाञ्जली समारोह’मा सुरक्षा निकाय तथा अन्य विभिन्न क्षेत्रका महानुभावहरुले...
मकवानपुर उद्योग वाणिज्य संघलाई एम्बुलेन्स उपहार
हेटौंडा, माघ १२ । मकवानपुर उद्योग वाणिज्य संघलाई आज एक कार्यक्रमका बीच भारत सरकारले उपहार स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुत मञ्जित सिंह पुरीले काठमाडौं स्थित दुताबासमा एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्ण कटुवाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । भारत सरकारले मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध...
‘मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा होईन’– अधिकारी
मकवानपुर, १२ माघ । मकवानपुरे पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीले विद्यार्थीको जीवनमा मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा नभएको बताएका छन् । हेटौँडा–४ मा अवस्थित नवोदय शिशु सदनका विद्यार्थीहरुको रचना वाचन कार्यक्रम ‘कफी हाउस’ मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले बालबच्चालाई उचित वातावरण र अवसर आवश्यक...
काठमाण्डौंमा डकर्मी तालीम सञ्चालन
काठमाडौँ, १२ माघ । काठमाडौँ महानगरपालिका–१५ ले भूकम्प प्रभावित क्षेत्रमा घर निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले डकर्मी तालीम आजदेखि सञ्चालन गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा डल्लु सामुदायिक भवनमा एक सातासम्म सञ्चालन गरिएको प्रशिक्षणमा उनीहरुलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान उपलब्ध गराइने छ । उक्त कार्यक्रममा ३० महिला...










