समाचार

हात्तिबाट बालि जोगाउन मुस्किल झापा बासीलाई

भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट...

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलितरु एक लाख २१ हजार २३० मिर्गौलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गौला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा...

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो...

विद्यालयलाई गरियो एक लाख ८० हजार सहयोग

पथरी, मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोषमा...

मकवानपुरको भिमफेदीमा अनेरास्ववियुको अगुवा कार्यकर्ता भेला

मकवानपुर १४ माघ । अनेरास्ववियुको मकवानपुर क्षेत्र नम्वर २ स्तरीय अगुवा कार्यकर्ता  भेला  शनिवार मकवानपुरको भिमफेदीमा सम्पन्न भएको छ । अनेरास्ववियु क्षेत्र नम्वर २ को अध्यक्ष प्रमोद फुयाँलको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका सचिव एकलाल क्षेष्ठले नेपाल अब आधुनिक र नयाँ युगमा प्रवेश गरेको बताएका छन् । कार्यक्रममा अनेरास्ववियुका...

संवैधानिक जटिलताका कारण सरकार बन्न ढिलाइ  भो : कमल थापा

राजविराज, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाइ भएको बताउनुभएको छ । मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले...

फरार अभियुक्तलाई आज भरतपुरमा पहरीद्धारा गोली हानी पक्राउ

चितवन, १३ माघ । डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका...

यातायात व्यवसायी उपभोक्ता सहकारीको नयाँ कार्यसमितिमा को को निर्वाचित भए ?

मकवानपुर १३ माघ । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाको चुनावी मतगणना भर्खरै सम्पन्न भएको छ । जसमा अध्यक्ष पदमा किरण पौडेलले १ सय ८ मत ल्याएर विजयी भएका छन् त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ५६ मत ल्याएर पराजय व्यहोरेका छन् । त्यसैगरी उपाध्यक्षतर्फ हरी पौडेलले १ सय १०...

नाराणयी यातायात व्यवसायी संघको कोषाध्यक्षमा पराजय व्यहोरेका पौडेल यातायात उपभोक्ता सहकारीको अध्यक्षमा विजयी

अपडेट मकवानपुर १३ माघ । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाको चुनावी मतपरीणाम भर्खरै सार्वजनिक भएको छ । जसमा अध्यक्ष पदमा किरण पौडेलले १०८ मत ल्याएर विजयी भएका छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ५६ मत प्राप्त गर्दै पराजय व्यहोरेका छन् । पौडेलले ५२ मतको अन्तरले विजयी हासिल...

शाली नदी मेलामा चौतर्फी लूट

शंखरापुर, काठमाडौँ, १३ माघ । उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ । मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी...