समाचार
सरकारले ढुकुटी रित्याएको कुमारी मोक्तानको आरोप, भिमफेदीमा माओवादीको सम्मान
भिमफेदी, १४ माघ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र भीमफेदी गाउँपालिकाले संयुक्त बाम गठबन्धनमा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिक कोटाबाट निर्वाचित सांसदलाई एक कार्यक्रमकाबिच सम्मान तथा निर्वाचन समिक्षा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुमारी मोक्तानले बिजयीसंगै जिम्मेवारी दायित्व बढेको तथा वर्तमान सरकारले मार्ग प्रशस्त...
आगोले सिध्यायो २१ वटा घर
काठमाडौं, १४ माघ । मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट भएको छ । साथै ती घर बाहेकका अन्य स्थानमा समेत आगलागी हुँदा करिब ७१ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । कतिपय स्थानमा विद्युत सर्ट भएर आगलागी हुनुका साथै कतिपय स्थानमा घरको भान्सा मात्र...
अफगानिस्तानको एम्बुलेन्स बम आक्रमणबारे नेपाल सरकारद्धारा निन्दा
काठमाडौँ, १४ माघ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको...
सुरुङमार्गका नाममा मकवानपुरका पूर्वसांसद ठकुरीले कति गरे घोटाला ? के भन्छन् ठकुरी ?
-चन्द्र घलान/बलराम पुडासैनी मकवानपुर, १४ माघ । मकवानपरबाट वि.सं. २०७० सालमा चुनाव जितेका पूर्व सांसद सुवाश चन्द्र ठकुरीले हेटौँडा–काठमाडौँ सुरुङमार्गमा घोटाला गरेको समाचार मिडियामा आएपछि अहिले यो विषयले मकवानपुरमामात्र नभई देशभरि नै सनसनी मच्चाएको छ । हेटौँडा काठमाडौँ सुरुङमार्ग निर्माणका लागि स्थापित कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडमा सञ्चालकसमेत...
ट्र्याक्टरको ठक्करबाट स्थानियवासीको ज्यान गयो
राजविराज, १४ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्र्याक्टरको ठक्करबाट आज स्थानीयवासी ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ । सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को२त ५५२३ नंको ट्र्याक्टरले उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु...
काँग्रेस नेता खड्कालाई पर्यो मातृशोक
काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । नेता खड्काकी माता मायादेवीको गए राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ७ स्थित आफ्नै निवासमा ९४ वर्षका उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत स्व खड्काको...
चुरे कार्यक्रम कार्यान्वयनमा भयो बजेटको कमी
काठमाडौँ, १४ माघ । चुरे क्षेत्रको संरक्षणका लागि लागू गरिएको ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ प्रभावकारी कार्यान्वयनका लागि बिनियोजित बजेट नपुग्ने देखिएको छ । ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ ले गुरुयोजनाअनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका लागि साझेदार संस्थासँग छलफल गरिरहेको छ । सरकारले...
रानीबारी चक्रपथभित्रकै एक्लो सामुदायिक वन
काठमाडौँ, १४ माघ । रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १४४...
पनौतीका सम्पदाको संरक्षण अभियान शुरु
बनेपा, १४ माघ । काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे...
व्यापारीद्धारा ठगिदैछन् स्थानिय उपभोक्ता
बर्दिवास, १४ माघ । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने...








