समाचार
दश वटा झोलुंगे पुल निर्माण हुँदै
मंगलबारे, इलाम, १५ माघ । इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट ९टिबीएसयु०को प्राविधिक संलग्नता रहेको छ । सो पुलका लागि रु...
ज्येष्ठ नागरिक समाजको अध्यक्षमा पराजुली
भक्तपुर, १५ माघ । ज्येष्ठ नागरिकको संस्था अग्रज समाज नेपालको लोकन्थलीमा भएको अधिवेशनले महाप्रसाद पराजुलीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको सहअध्यक्षमा नयन्द्रबहादुर खड्का र उपाध्यक्षहरुमा सीताराम ढकाल, प्रभा लम्साल, यशोदा ढकाल, हरिप्रसाद भट्टराई, माधवप्रसाद घिमिरे चयन हुनु भएको छ । यसैगरी महासचिवमा सरस्वती...
बैंकिङ कसुरका दोषी खड्का पक्राउ
रत्ननगर, चितवन, १५ माघ । बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट...
धारिलो हतियार प्रयोग गरि गार्डको हत्या
काठमाडौँ, १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई...
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस् : आयोग
काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय...
जंगली जनावरले पारे लाखौँको हिउँदे बाली सखाप
गौशाला, १५ माघ । महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती दर्जनौँ गाउँमा जंगली जनावरले लाखौँ रुपैयाँको हिउँदे बाली सखाप पारेका छन् । भारतसँग सीमा जोडिएको जिल्लाको खयरबन्नी, रघुनाथपुर, गैंढाभेटपुर, पोखरभिण्डा, संग्रामपुर, पर्सादेवार, निगौल, सोनमा, मनरा, इटहर्वाकट्टी, कटैया, एकडारा, बथनाहा, साँढालगायत त्यस क्षेत्रका दर्जनौँ गाउँमा केही दिनदेखि हूलका हूल जंगली जनावर आएर...
मकवानपुरकी मानकुमारीलाई जनपक्षीय पत्रकारिताका लागि सम्मान
मकवानपुर, १५ माघ । माओवादी जनयुद्धका समयमा लामो समय भूमिगत भई जनतालाई सुशुचित गराउन युद्ध पत्रकार बनेका मकवानपुरकी मानकुमारी पाख्रिन नेपालीलाई जनपक्षीय पत्रकारिता गरेकोमा सम्मान प्रदान गरिएको छ । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा प्रेस सेन्टर नेपाल महिला विभागद्वारा आयोजित कार्यक्रममा जनयुद्धका समयमा...
अझै ढिके नूनकै भर
जाजरकोट, १५ माघ । यहाँका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पु¥याउन नसक्दा यहाँका गाउँमा...
कृषकलाई वितरण गरिँदै अन्न भकारी
दार्चुला, १५ माघ । कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका...
बैँकमै भएन इन्टरनेट सुविधा
बैतडी, १५ माघ । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल...








