समाचार
शहीद दिवशमा अध्यक्ष ओलीको यस्तो सन्देश
काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ । शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना...
प्रदेश नं ७ मा उपचारको लागि १९८ जना कुष्ठरोगी
बैतडी, १६ माघ । प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३/७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी,...
हात्ती आतंक नियन्त्रण गर्न वनपथ
बनियानी, झापा, १६ माघ । हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ । नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ...
सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण
तेह्रथुम, १६ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो । गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा...
व्यवसायी र सरकारबिचको चोर पुलिसको जस्तो खेल बन्द हुनुपर्छ : वाणिज्यमन्त्री विश्वकर्मा
मकवानपुर १५ चितवन । उद्योग वाणिज्य संघ खैरहनी चितवनको आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशन आज चितवनमा सम्पन्न भएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वाणिज्यमन्त्री मिनबहादुर बिकले सरकारले व्यवसायीहरुमाथी गर्ने दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्ने बताए । साथै व्यवसायी र सरकाबिचमा जुन चोर पुलिसको जस्तो...
युवा विचलन नियन्त्रणका लागि मकवानपुरको निबुवाटारमा प्योर लभ अभियान
मकवानपुर, १५ माघ । सिद्धान्त अनुसन्धान महाविद्यालय संघ नेपाल (CARP Nepal) ले युुवावर्गमा वर्तमान समयमा आईरहेको विचलनमा सुधार ल्याउने उद्देश्यसहित ‘प्योर लभ नेपाल’ अभियानलाई विभिन्न क्षेत्रमा पुराउने क्रममा मकवानपुरको निबुवाटारमा कार्यक्रम गरेको छ । संघले सोमबार भिमफेदी गाउँपालिकाको निबुवाटारमा रहेको श्री बाराही माविमा कक्षा ९ र १० मा अध्ययनरत...
जंगलमा लडेर पतिको मृत्यू भएपछि मकवानपुरमा गर्भवती श्रीमतीसहित एक परिवारको बिचल्ली
मकवानपुर, १५ माघ । जंगलमा लडेर पतिको मृत्युहुँदा यहाँको एक परिवारको विचल्ली भएको छ । कैलाश गाउँपालिका–१० का सूर्यबहादुर प्रजाको माघ १३ गते शनिबार घर बार्न सिठ्ठा काट्न जंगल जाँदा लडेर मृत्यु भएसँगै उनको गर्भवती पत्नी र तीनवटा छोराको विचल्ली भएको हो । प्रजा सिठ्ठा काट्ने कैलाश गाउँपालिका–४ भ्याङे...
बाटोको मर्मत गर्न आफै जुटे पदमपोखरीका युवाहरु
–चन्द्र घलान मकवानपुर, १५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का युवाहरु बाटो मर्मतका लागि आफै लागि परेका छन् । पदमपोखरीमा स्थापित नवयुवा सक्रिय समूहको सक्रियतामा युवाहरुसहित त्यहाँका स्थानीयहरु मिलेर बाटो मर्मत सम्भार गरेका हुन् । १२ नम्बर वडाको बेलडाँडादेखि मिलन चोकसम्मका क्षेत्रमा बाटो खाल्डो पर्नुका साथै...
स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा
काठमाडौँ, १५ माघ / रासस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवालाई प्रत्येक महिना ३ दिन परामर्श
मकवानपुर, १५ माघ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा न्यायिक हिरासतमा रहेका थुनुवाहरुलाई हरेक महिना ३ दिन परामर्श कार्यक्रम हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हरेक महिनाको १, ८ र १५ गते परामर्श कार्यक्रम हुनेछ । कार्यक्रम अनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म १४...










