समाचार

बस्तिपुर जेसिजको ७ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोहको उद्घाटन

मकवानपुर, १६ माघ । बस्तिपुर जेसिजको ७ औँ पदास्थापन तथा पुरस्कार वितरण समारोहको उद्घाटन भएको छ । केही बेर अघि समारोहकी विशेष अतिथि तथा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित समानुपातिक सांसद मुनु सिग्देलले समारोहको उद्घाटन गरेका हुन् । समारोहमा समानुपातिक सांसद जुनेली श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार...

अध्यक्षलाई दियो ज्यान मार्ने धम्की

नवलपरासी, १६ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर...

खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

फलेवास, पर्वत, १६ माघ । झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे...

‘जिउँदो शहीद’ को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै...

बेपत्ता भएको नौ महिनापछि भेटियो कंकाल

तेह्रथुम, १६ माघ । तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र...

ढुंगाले च्याप्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बैतडी, १६ माघ । ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिनुभयो । घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट...

ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, १६ माघ । काठमाडौँको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा गएराति बा ३ ख ५८२१ नं को ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयबासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको...

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । बिहान ८ बजे...

२२ जना महिलाहरुलाई सुत्केरी प्याकेज उपलब्ध

इलाम, १६ माघ । इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक/एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी...

स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

रोल्पा, १६ माघ । परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् । जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि...