समाचार
पहिलोपटक भाँचिएको दाँतको जटिल शल्यक्रिया
बेनी, म्याग्दी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा पहिलो पटक दाँतको जटिल शल्यक्रिया गरिएको छ । घाँस काट्ने क्रममा रूखबाट लडेर दाँत र हड्डी भाँचिएका एक युवाको बेनी अस्पतालमा पहिलोपटक उपचार गरिएको छ । दुर्घटनामा दाँत र मुखमा लागेको चोट मध्यकै जटिल मानिने (डेन्टोएल्भियोलर) फ्र्याक्चरलाई अस्पतालमा ४५ मिनेटमा सफल...
अपहेलना मुद्दामा अध्यक्ष र शिक्षकलाई जरिवाना
कञ्चनपुर, १७ माघ । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक/एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको...
शहीद लखन थापाको शालिक निर्माण गरिने
नवलपरासी, १७ माघ । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ । शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समितिका संयोजक एवं प्रदेश सभा सदस्य...
धर्मकाया बुद्ध मण्डला निर्माणस्थलको अवलोकन
पोखरा, १७ माघ । पोखरा लेखनाथ महानगरपालिका–११ काँहुडाँडामा निर्माणाधीन धर्मकाया बुद्धमण्डला निर्माणस्थलको मंगलबार सहारा क्लब, युके र हङकङको टोलीले स्थलगत अवलोकन गरेको छ । मण्डला निर्माण समितिद्वारा काँहुडाँडामा आयोजित स्वागत कार्यक्रममा टोलीका सहभागीले बुद्ध मण्डलाको निर्माणले पोखराको पर्यटकीय आकर्षणलाई वृद्धि गर्ने बताउनुभयो । पोखरामा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउने...
बस दुर्घटनामा ४५ को मृत्यु
नयाँदिल्ली, १६ माघ । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो । यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५...
दशरथ चन्दको जन्मघरमा मनाइयो शहीद दिवस
बैतडी, १७ माघ । शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जलि सभाको आयोजना...
१५२ वर्षपछि दुर्लभ चन्द्रग्रहण , यी राशी भएकाले हेर्न घातक
काठमाडौ, १७ माघ । १ सय ५२ वर्षपछि माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा...
हेटौँडालाई प्रदेश राजधानी बनाउन मकवानपुरेले जस्तोसुकै मूल्य चुकाउनुपर्छ–ईन्द्र बानियाँ
-बलराम पुडासैनी मकवानपुर, १६ माघ । पुर्व गृहराज्यमन्त्री एवं मकवानपुरका माननिय ईन्द्रबहादुर बानियाँले हेटौँडालालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन मकवानपुरवासीले नै पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उनको धारणा छ । मंगलबार बस्तिपुर जेसिजको सातौँ पदस्थापन तथा पुरस्कार वितरणसभाको प्रमुख अथिति समेत रहेका...
सेक्युरिटी गार्डलाई मारेको अभियोगमा मकवानपुरका युवक काठमाडौँमा पक्राउ
मकवानपुर, १६ माघ । मकवानपुरको थाहा नगरपालिका–९ का २२ वर्षाीय राजन थापा क्षेत्रीलाई काठमाडौँमा सेक्यूरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरिएको छ । त्यहाँस्थित राजधानी स्वीटमा मिठाई बनाउने कुक, मछिन्द्र क्लवबाट सेक्यूरिटी गार्डको काम गर्ने क्षेत्रीलाई काठमाडौंको बाङगेमुढाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२५ मछिन्द्र वहालमा...
सहिदले देखाएको बाटो हिँड्न जोड, यसरी मनाईयो मकवानपुरमा सहिद दिवस
मकवानपुर, १६ माघ । मकवानपुरमा सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमहरुमा वक्ताहरुले सहिदहरुको बलिदानको चर्चा गर्दै उनीहरुले देखाएको बाटोमा हिँड्न आग्रह गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सहिद स्मारकमा रहेको सहिदहरुको प्रतिमामा माल्यार्पण गरेर आज मकवानपुरवासीहरुले सहिदप्रति श्रद्धा सुमन व्यक्त गरेका छन् । मंगलबार बिहान एउटै ढुङ्गामा...










