संसदीय दलको नेतामा सालिकराम र उपनेतामा कुमारी चयन
मकवानपुर २५ पुस ।
नेकपा माओवादी केन्द्र ३ नम्वर प्रदेशको संसदीय दलको बैठक बिहिबार पेरिस डाँडामा सम्पन्न भएको छ । प्रदेश साँसद सालिकराम जम्मरकट्टेलको सभाध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य हितमान साक्यको प्रमुुख आथित्यतामा भएको बैठकले संसदीय दलको नेता तथा उपनेताहरुलाई चयन गरेको हो ।
बैठकले ३ नम्वर प्रदेशको संसदीय दलको नेतामा सालिकराम जम्मरकट्टेल , उपनेतामा कुमारी मोक्तान ,प्रमुख सचेतकमा बुद्धिमान माझी सचेतकमा प्रतिमा श्रेष्ठ र उपसभामुखमा राधिका तामाङलाई सर्वसम्मत चयन गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिए ।
मकवानपुरको ३ जना साँसद प्रेम बहादुर पुलामी ,र ओम घलान र कुमारी मोक्तान मध्येमा कुमारी मोक्तानलाई उपनेतामा सर्वसम्मत गरीएको समेत पाख्रिनले जानकारी दिए ।
