स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १५:००
file photo

महोत्तरी, २५ माघ । स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालमा पूर्वाधार एवं जनशक्तिको अभाव रहेको सन्दर्भमा देशभरि नै स्थानीय तहद्वारा सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विकल्प नभएको धारणा राख्नुभयो ।
बर्दिबास नगरपालिका–३ का बासिन्दा रहेका नेता पोखरेलले आफैले बीमा गराएर बीमा कार्यक्रमको शुरुवात गर्नुभएको हो ।
कार्यक्रममा महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामीण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरेसम्म स्वास्थ्य बीमा कार्यक्रमले गरिबलाई फाइदा नपुग्ने विचार राख्नुभयो ।
प्रदेशसभा सदस्य शारदा थापाले बीमा कार्यक्रम प्रभावकारी भए गरिबले रोग पालेर बस्नु पर्ने दिनको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भन्नुभयो, “सरकारले ल्याएको बीमा कार्यक्रम उद्देश्यअनुसार लागू भए गरिबका लागि कोसेढुंगा सावित हुन्छ ।”
नेपालको २६औँ जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाईं स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ घर घरमा बिहीबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थ्य बीमा अभियान सञ्चालनको शुरुवात् गरेकोे स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*