तु खबर समाचार प्रभाव : बसपार्क क्षेत्रको अनुगमन, मासु पसलमा ताला, म्याद गुज्रेका खाद्य पदार्थ जफत

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १५:२१
अनुगमनमा जफत गरिएको घरेलु मदिरासहित अनुगमन टोली

हेटौँडा, २५ माघ । हेटौँडामा सर्वसाधारणलाई खशीको मासु भन्दै बाख्राको मासु मिसाएर बेचिएको भेटिएपछि उक्त पसल शिल गरिएको छ । हेटौँडा १० भुटनदेवी रोडमा रहेको अरमान मिट सपमा बाख्राको मासु र खशीको मासु एकै ठाउँ राखी खशीकै मासुको मूल्यमा बाख्राको मासु बेचिएको भेटिएपछि पसल शिल गरिएको हो ।

बाख्राको मासुलाई खशीको मासुको मूल्यमा बेच्ने पसल

हेटौँडामा दिनदहाडै पत्रकारको टोली र सर्वसाधारणलाई ठग्न थालिएपछि यस विषयमा तु खबरले समाचार लेखेको थियो । तु खबरको गुनासोपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको निर्देशनमा हेटौँडाको बसपार्क क्षेत्रमा अनुगमनको लागि एउटा टोली खटिएको थियो । सोही टोलीमा रहेका जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिको नेतृत्वमा पसल शिल गरिएको हो ।

जफत गरिएका खाद्य तथा पेयपदार्थहरु

‘५ रुपैयाँमा खाम बेच्नेले मागे माफी’
बिहीबार बिहान पत्रकार सुनिल सिवाकोटीलाई ५ रुपैयाँमा खाम बेचेको थाहा पाएपछि ग्राहक बनेर पुगेको तु खबरको टोलीलाई समेत मूल्यभन्दा बढी असुल्यका पसलेले अनुगमनका क्रममा पुगेका टोलीसँग माफी मागेका छन् ।

आफुहरुले भर्खरै पसल किनेर संचालन गरेका कारण वास्तविक मूल्य थाहा नहुँदा त्यस्तो गल्ती भएको भन्दै एकपटकलाई माफी मागेपछि

अब उपरान्त त्यस्तो नगर्न चेतावनी दिँदै टोली फर्किएको छ ।

अनुगमन गर्दै अनुगमन टोली

‘घरेलु मदिरा र म्याद गुज्रिएका खाद्यपदार्थ र पेयपदार्थ जफत’
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा गएको टोलीले विभिन्न स्थानमा अनुसन्धान समेत गरेको थियो । त्यस्तै असई दिपक सिंहको नेतृत्वमा गएको टोलीले बसपार्कबाट करिब ४ सय लिटर घरेलु मदिरा जफत गरेको अमात्यले जानकारी दिए । त्यस्तै म्याद गुज्रिएका फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र बिस्कुट जस्ता खाद्यपदार्थहरु पनि जफत गरिएको उनले बताए ।

अनुगमनमा जफत गरिएको घरेलु मदिरा

तु खबरलाई प्रतिक्रिया दिँदै अमात्यले अनुगमनका क्रममा धेरैजसो पसलमा मूल्य सूचि नभेटिएको बताए । साथै केही पसलहरु दर्ता बिना नै संचालनमा रहेको भेटिएको उनले जानकारी दिए । दर्ता नभएका पसलहरुलाई अन्तिम पटक माफी दिँदै केही समयमा दर्ता गरिसक्न निर्देशन दिइएको छ ।

अनुगमनमा जफत गरिएको घरेलु मदिरासहित अनुगमन टोली

अनुगमन टोलीमा अमात्य सहित जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक कौशल ओझा, उपभोक्ता हकहित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, प्रहरी प्रतिनिधि विरवहादुर शाह, पत्रकार सुनिल सिवाकोटी, बलराम पुडासैनी लगायत रहेका थिए ।

यो पनि पढ्नुहोस्– 

हेटौँडाको बसपार्कमा ब्रम्हलुट, पत्रकारलाई नै ठगेपछि सिडिओ सापको टोली बसपार्क अनुगमनमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*