समाचार

प्रदेशसभाको प्रथम बैठक हेटौंडामा भोलि हुने, सर्वदलीय बैठकले के-के एजेण्डा उठाउँदैछ ?

मकवानपुर १७ माघ । प्रदेश नम्वर ३ को प्रदेश सभाको बैठक भोलि हेटौंडामा हुने भएको छ । जसमा प्रदेश नम्वर ३ का १ सय १० जना प्रदेशसभा सदस्यहरु रहने छन् । बैठकको लागि आवश्यक तयारी सबै पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । हेटौंडा प्रदेशको अस्थायी राजधानी...

भारतबाट तीन चेलीको उद्धार

रत्ननगर चितवन, १७ माघ । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो । उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन...

एक महिने स्वस्थानी व्रत समापन

काठमाडौँ, १७ माघ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज...

खेत भयो सिँचाइबाट वञ्चित

सल्लेरी, सोलुखुम्बु, १७ माघ । तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ । आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् । “कुलोको सम्पूर्ण संरचना बिग्रेपछि...

कालगतिले मरे १७ गैँडा

चितवन, १७ माघ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् । शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको...

भूकम्पपीडितको नाममा काठ बेच्दै

बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकमा घर बनाउन नपर्नेले पनि भूकम्पपीडितको नाममा काठ बेच्ने गरेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बनेपामा आयोजना गरेको दिगो शान्तिका लागि संवाद कुञ्जमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुनःनिर्माण गरिसकेका व्यक्तिले पनि भूकम्पपीडितको रातो कार्ड लिएर त्यसको दुरुपयोग गरेको बताउनुभयो । उहाँले...

झाडीभित्र भविष्य कोर्दै कलिला नानीहरु

वीरगञ्ज, १७ माघ । कठ्यांग्रिँदो जाडो, हुस्सु र अत्यधिक चिसोमा चारकोशे झाडीभित्र कखरा सिक्दै ७० जना दलित बालबालिका अभाव पीडामा आफ्नो उज्ज्वल भविष्य कोर्दै छन् । जीतपुर सिमरा उपमहानगरपालिका–१७ मा रहेको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीभित्र रहेको नेपाल दलित प्राथमिक विद्यालय टाढाबाट हेर्दा गाईगोठजस्तो देखिन्छ । खरले छाएको...

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

भीमदत्तनगर, १७ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने...

उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प

वासिङ्टन, १७ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको...

अझै खुलेन तालाबदी, वडावासीलाई समस्यामा

मंगलबारे, इलाम, १७ माघ । इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित...