समाचार

मकवानपुर बहुमुखी क्याम्पस स्तरीय एकल गायनमा ५ जना छनौट

हेटौँडा, १८ माघ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिक उत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुममुखी क्याम्पसले आयोजना गरेको सप्ताहब्यापी कार्याक्रम अन्तरगत क्याम्पस स्तरिय एकल गायन प्रतियोगिताको अडिसन बिहिबार सम्पन्न भएको छ । अडिसनमा क्याम्पसमा अध्ययनरत २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अडिसनबाट सहभागि २८ जनामध्ये उत्कृष्ट...

सेवा विस्तार गर्दैछन् साझा यातायात

ललितपुर, १८ माघ । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस...

३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठकमा के–के भयो निर्णय ? कसले के भने ?

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक यहि माघ २७ गते हुने गरि स्थगित भएको छ । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । त्यसको लगत्तै माननीय सभामुखले...

छोराको शव ल्याउन पाएनन्, परिवार तनावमा

कञ्चनपुर, १८ माघ । ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ । तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएपछि परिवारले शव ल्याउन नपाउँदा...

प्रदेश नम्बर ३ को बैठकमै ईन्द्र बानियाँले दिए चेतावनी–‘हेटौँडा नै प्रदेश राजधानी उपयुक्त छ, अन्यन्त्र लाने कोशिस नगर्नुस्’

–चन्द्र घलान मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताएका छन् । बैठकमा बोल्दै उनले हेटौँडा नै प्रदेश राजधानी बन्ने विभिन्न तर्कहरु पेश गर्दै यसलाई अस्थायी राजधानी बनाएकोमा सरकारलाई धन्यवाद दिए । उनले...

रूख ढाल्दा आँगनमा बसेकी वृद्धाको ज्यान गयो

नुवाकोट, १८ माघ । आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ । गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्न पुगेर ८९ वर्षीया शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई...

९ दिन पछि खुल्यो तालाबन्दी

इलाम, १८ माघ । इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ । नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो । वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका...

मलेशियामा फेरि एकको मृत्यु

दमक, १८ माघ । झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।...

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

बनियानी, झापा, १८ माघ । झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका...

सिमेन्ट जफत गर्दा पर्यो भिडन्त

रौतहट, १८ माघ । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको...