चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १३:४७

बेनी, म्याग्दी, २८ माघ । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ ।

ज्यामरुककोटमा रहेका क्षेत्रीहरुबाट चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलवहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार न्यूनतम रु तीन हजारभन्दा माथि चन्दा दिने दाताहरुको नाम शिलालेखमा अंकित गरिने भएको छ ।

चन्दा संकलनका लागि अभियान नै सञ्चालन गरिएको थियो । साबिकको ज्यामरुककोट गाविसको तल्लो भेग वडा नं १, ८ र ९ बाट रु दुई लाख र उपल्लो भेगबाट करिब रु १० लाख चन्दा संकलन भएको उहाँले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*