ईश्वरपुरमा नेपाल तामाङ घेदुङको नगर कमिटि गठन, ल्होछार मेला हुने

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १०:४०

–राजु तामाङ
सर्लाही, २८ माघ । सर्लाहीको इश्वरपुर नगरपालिकामा शनिबार नेपाल तामाङ घेदुङको नगर कमिटि गठन भएको छ । सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको प्राङ्गणमा बसेको भेलाले जनक लाल स्याङबाको अध्यक्षमा १३ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा अर्जुन गोले, कोषाध्यक्षमा तिर्थ माया स्याङबा, सचिवमा सुरेन्द्र गोले र अन्य सदस्य रहेका छन् । घेदुङको जिल्ला अध्यक्ष हिराकाजी योञ्जनको सभाध्यक्षमा बसेको भेलामा केन्द्रीय सदस्य अर्जुन योञ्जनको प्रमुख आतिथ्यता र घेदुङकै पुर्व केन्द्रीय सदस्य छत्र बहादुर डुम्जन, जिल्ला उपाध्यक्ष जयमान पाख्रिन, इश्वरपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टंक बहादुर रुम्बा र तामाङ सञ्चार समूह सर्लाहीका अध्यक्ष तथा हरिवन नगर कमिटिका सचिव राजु लो तामाङले निर्वाचित नगर कमिटिलाई शुभकामना व्यक्त गरेका थिए ।कमिटिले यही फागुन १० गते देखि १५ गते सम्म तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४ औं खि÷नागी ल्हो सोनाम ल्होछारको अवसरमा सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको सहयोगार्थ ल्होछार साँस्कृतिक मेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ । मेला आयोजनाको लागि मेला संयोजन गर्न सुनिल कुमार मोक्तानलाई जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*