राक्सिराङमा ४० कठ्ठा गाँजा र अफिम फँडानी
राक्सिराङ, २६ माघ । बिहीबारमात्रै राक्सिराङका विभिन्न क्षेत्रमा गाँजा फँडानी र अफिम नष्ट गरेको मकवानपुर प्रहरीले शुक्रबार पनि त्यसलाई निरन्तरता दिएको छ ।
शुक्रबार राक्सिराङ गाउँपालिकाको वडा नम्बर ७ का विभिन्न स्थानमा गरि प्रहरीले अवैध गाँजा खेती अन्दाजी २० कठ्ठा र अफिम २० कठ्ठा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी नायब निरीक्षक अरुण कुमार यादवको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले अबैध रुपमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
