समाचार
प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा
महेन्द्रनगर, धनुषा, १७ माघ । जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ । यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर...
किन घट्दै छ विश्वास सरकारी स्वास्थ्य संस्थामा
जाजरकोट, १६ माघ । नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा जानुभयो । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उहाँले मेडिकलबाट रु एक हजार २३२ मा खरिद गरी ल्याउनुभयो । मेडिकल सञ्चालक कुनै मान्यता प्राप्त स्वास्थ्यकर्मी...
हराएका विद्यार्थी अझै परेनन् फेला
ललितपुर, १७ माघ । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी,...
भेटियो देशकै होचो मान्छे
पथरी, मोरङ, १७ माघ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन । तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति...
पोखरीमा डुबेर महिलाको मृत्यु
गौशाला, १७ माघ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ । शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि...
विदेशिएका नेपाली पीडितलाई सहयोग
काठमाडौँ, १७ माघ । अनिस प्रतिष्ठान संस्थाले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई परेको समस्यामा विभिन्न आर्थिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ । युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिस खालिंग राईको जीवन रक्षार्थ अभियान चलाएको सो प्रतिष्ठानले मृत्युदण्डबाट बचेर आएका अनिस राईको पुनःस्थापनाका लागि रु २५ लाख रकम...
ल्होछारको अवसरमा मनहरीमा क्षेत्रीयस्तरको बृहत सांस्कृतिक कार्यक्रम हुने, यसरी हुँदैछ भव्य तयारी
–दिलबहादुर लामा मकवानपुर, १७ माघ । तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५४ सोनाम ल्होछारको अवसरमा आउँदो फागुन ५ गते मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा क्षेत्रीय स्तरको ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारलाई भव्य बनाउनका लागि विभिन्न तयारी समेत गरिएको छ । कार्यक्रमकै लागि आईतबार...
स्वर्गीय पिताको पुण्यतिथिमा मामाघरलाई कम्प्युटर सहयोग
मकवानपुर, १७ माघ । मकवानपुर बहुमुखी क्याम्पसका लेखा नियन्त्रकका रुपमा कार्यरत निरञ्जन पराजुलीले मामाघर नेपाल मकवानपुरलाई एक थान कम्प्युटर सहयोग गरेका छन् । आफ्ना स्वर्गीय पिता सिताराम उपाध्याय पराजुलीको प्रथम पुण्यतिथिको अवसर पारेर उनले कम्प्युटर १ थान, यु.पि.एस. १ थान, दालमोठ ५ पाकेट, चाउचाउ १ कार्टुन, बिस्कुट १ कार्टुन,...
हटायो अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध
वासिङ्टन, १६ माघ अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा...
ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु
लहान, १७ माघ । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्टिँदा...










