समाचार

चेतन कार्की र गायिका कोमल वली सहित मकवानपुरे स्रष्टाहरु सम्मानित

मकवानपुर, १५ माघ । मोफसलमा स्थापना भएर साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार चेतन कार्कीलाई प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार हेटौंडामा कार्यक्रम गर्दै एक लाख राशी रहेको उक्त पुरस्कार भाषा, सङ्गीत,...

१ सय ८१ सदस्सीय एपिएफ टोली साउथ सुडान प्रस्थान

काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको एकसय ८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित एक समारोहका...

मकवानपुरमा तामाङ फिल्मको शुभ मुहुर्त,‘रुङशी टीला’को छायाँकन शुरु

मकवानपुर, १५ माघ । तामाङ चलचित्र ‘रुङशी टीला’ (पर्खी बस्छु) को हेटौंडामा सोमवार एक कार्यक्रमका बिच शुभमुहुर्त गरिएको छ । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई कलाकार इन्द्रमान स्याङ्तानबाट शुभमुहुर्त गरिएको हो । चलचित्रमा सानु लामा, विक्रम लुङबा नायकको भूमिकामा रहने छन् भने सुष्मा थिङ र सङ्गीता...

एक वडा एक स्वास्थ्य केन्द्र

दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो । उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य...

सडक दुर्घटना र अपराधिक क्रियाकलाप कम गराउन ट्राफिक तालिम

चितवन, १५ माघ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको अनुरोध तथा प्राज्ञिक विद्यार्थी परिषद नेपाल चितवनको सहकार्यमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा आयोजित ट्राफिक अभिमुखीकरण तथा लागू पदार्थ दुव्र्यसन सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लागू...

धारिलो हतियार प्रहार गरि सेक्यूरिटी गार्डको हत्या, एकको ढुङ्गाले लागेर मृत्यू

काठमाडौँ, १५ माघ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी हाईड्रोपावरको ड्याम साईडमा ग्राउण्डिङ सर्किट गर्ने क्रममा गएराती भिरबाट खसेको ढुङगा लागेर चिनीयाँ सिनो हाईड्रोमा इन्जिनियरको रुपमा काम गर्ने चिनको जिङ सु प्रान्तका ५० वर्षीय सुन लिङ लङको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

सवारी दुर्घटनामा श्रीमान श्रीमतीसहित ५ जनाको मृत्यू

काठमाडौं, १५ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यू भएको छ । काठमाडौं महानगरपालिका–३१ मिनभवनमा बा.९०प ६४६ नम्वरको मोटरसाइकलले आइतबार पैदलयात्री दोलखा घर भई बानेश्वर बस्ने ५० वर्षीय ध्रुब कार्कीलाइ ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारको लागि न्युरो अस्पताल बाँसबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको...

कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

भद्रपुर, १५ माघ । भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना...

मच्छेगाउँमा लागुऔषध मुक्त गर्न महिलाहरुले चलाए यस्तो अभियान

काठमाडौं, १५ माघ । राजधानीको मच्छेगाउँका महिलाहरु लागू औषधविरुद्ध शसक्त कार्यक्रम लिएर अघि बढ्ने भएका छन् । जागरण महिला विकास समाजको ब्यानरमा स्थानीय महिलाहरु लागू औषधविरुद्धको अभियानमा निरन्तर सक्रिय भएर लागि रहेका छन् । गत वर्षको मंसिर ५ गतेदेखि सुरु गरिएको लागू औषधविरुद्धका अभियानलाई थप गति दिन गत बिहिवार...

तु खबरको वार्षिक उत्सवमा दुई पत्रकार सम्मानित हुने , मकवानपुर जागरण अभियान र तु खबरको साझेदारीमा पुरस्कार प्रदान गरिने

मकवानपुर १५ माघ । मकवानपुर जागरण अभियानले तु खबर डटकम मार्फत अग्रज तथा समकालिन दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारितामा योगदान पुर्याउने समकालिन पत्रकारलाई ५ हजार १ र अग्रज पत्रकारलाई १० हजार १ नगद सहित सम्मान गर्ने भएको हो । तु खबर डटकमको वार्षिक उत्सवको अवसरमा...