समाचार
वर्षेनी तीन हजार नयाँ कुष्ठरोगी थपिदै
ललितपुर, १४ माघ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा कुष्ठरोगरहित विश्वको योजना लिएर अघि बढे पनि नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परिरहेका छन् । यस वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन्...
५० किलो चरेशसहित दुई जना पक्राउ
रोल्पा, १४ माघ । माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ ।...
क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र उपलब्ध
कञ्चनपुर, १४ माघ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहुँदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न...
आर्थिक अभावका कारण आठ महिनादेखि एम्बुलेन्स सेवा ठप्प
फलेवास, पर्वत, १४ माघ । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ...
विद्यालयलाई साउदीबाट एक लाखभन्दा बढी सहयोग
बेनी, म्याग्दी १४ माघ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार...
बर्दिवास महोत्सव फागुन १६ देखि सुरु
बर्दिवास, १४ माघ । बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ । जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको...
थाहा नगरको आयातभन्दा निर्यात बढ्यो, यस्तो छ कारण
–मञ्जरी बलामी मकवानपुर, १४ माघ । मकवानपुरको थाहा नगरको आयात भन्दा निर्यात बढी रहेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले बताएका छन् । ‘कृषि पर्यटन पुर्वाधार, आर्थिक बिकासको मुल आधार’ भन्ने मुल नाराको साथमा कार्य गर्दै आएको थाहा नगर उद्योग बाणिज्य संघको प्रथम साधारण सभामा स्वागत मन्तव्य...
आगलागीबाट सात घर जलेर नष्ट, २० लाखको क्षति,बालक घाइते
रोल्पा, १४ माघ । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखाँैको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन, किशोर घर्ती, अमर घर्ती र पवि घर्तीको घर तथा घरसँगै रहेको गोठ जलेर नष्ट भएको छ भने कृष्णवहादुर घर्तीको भान्सा कोठा...
छ महिनामा रु चार करोड राजश्व संकलन
जुम्ला, १४ माघ । करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८,...
मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण
मुस्ताङ, १४ माघ । मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार...








