शहिद वासुदेवको स्मृति भवनमा ३ नम्बर प्रदेशको सभा बस्ने (फोटो फिचर)
मकवानपुर, २३ माघ । वि.सं. २०६२–०६३ को जन आन्दोलनमा शहिद भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शहिद वासुदेव घिमिरेको स्मृति भवन ‘वासुदेव सभागृह’ मा ३ नम्बर प्रदेश सांसदहरुको भवन बनाईने तयारी गरिएको छ ।

सांसद भवन बनाउन प्रस्ताव गरिएको वासुदेव सभागृह, तस्बिर–सन्देश थिङ
हेटौँडा–४ हुप्रचौरमा रहेको सभागृहलाई प्रदेश नंबर ३ को सांसद भवन वनाउने तयारी गरिएको प्रदेशसभा सचिवालय श्रोतले बताए पनि यसमा सांसद भवन बनाउने भन्ने विषयमा भने कुनै निर्णय नभएको हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले जानकारी दिए । ‘त्यस्तो केही सहमति र निर्णय भएको छैन ’ उनले भने । हेटौँडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको भवनको विषयमा सचिवालयले उपमहानगरसँग पनि परामर्ष सुरु गरिसकका समाचार मकवानपुरका संचार माध्यमहरुमा आए पनि त्यस विषयमा केही निर्णय नभएको उनले बताए ।
नगरक्षेत्रमा कार्यक्रम गर्नको लागि सिटिहल निर्माणको अवधारणामा भवन निर्माण गरिएता पनि यस भवनलाई पूर्णतया प्रयोगमा ल्याउन सकिएको छैन । समय–समयमा मतदान केन्द्रको रुपमा प्रयोग हुने र कहिलेकाँही केही समूहले नाटक रिहल्सल गर्ने बाहेकका अन्य कार्य यो भवनमा हुन सकेको छैन । संरक्षणको अभावमा खण्डहर बन्ने अवस्थामा रहेको यो भवन सांसद भवन बनेमा यसको उचित संरक्षण हुने नगरवासीहरुको बुझाई छ ।

सांसद भवन बनाउन प्रस्ताव गरिएको वासुदेव सभागृह, तस्बिर–सन्देश थिङ

सांसद भवन बनाउन प्रस्ताव गरिएको वासुदेव सभागृह, तस्बिर–सन्देश थिङ
