समाचार
तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन
काठमाडौँ, १२ माघ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको...
गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलाई गणतन्त्र काजकस्थानको गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । त्यसैगरी उहाँले अरब गणतन्त्र इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई जोर्डन अधिराज्य र क्यानडाका निम्ति नेपालका राजदूत कालीप्रसाद पोखरेललाई जमैकाको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको...
सप्तरीमा तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते
लहान, १२ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक...
भारतीय दूतावाले दियो बस र एम्बुलेन्स
काठमाडौँ, १२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक...
हटिया–हर्नामाडी सडक अलपत्र परेपछि सिडिओ र मेयरको ढोका ढकढकाउँदै हटियावासी
मकवानपुर, १२ माघ । हटिया–हर्नामाडी सडक अलपत्र परेपछि त्यहाँका स्थानीयवासीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाको मेयरको ढोका ढकढकाउन पुगेका छन् । यस अघि सुचारु भईरहेको निर्माण प्रकृया बिचमानै स्थगन गरेर अलपत्र छाडिएपछि हटिया–हर्नामाडी सडक तत्काल निर्माण गर्नुपर्ने माग गर्दै हर्ना–हटिया बाटो निर्माण जनदवाव समितिले शुक्रबार जिल्ला प्रशासन...
आन्तरिक पर्यटकहरु मकवानपुरको उत्तरी क्षेत्रमा रम्दै, होटल व्यवसाय पनि फस्टाउँदै
मकवानपुर १२ माघ । मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित सिमभञ्ज्याङ् , दामन लाएतका स्थानमा पर्यटकहरुको चहलपहल बढेको छ । गएको बुधबार हिमपात भएपछि स्थानिय पर्यटकहरुको उल्लेखनिय उपस्थिति हुन थालेको छ । अन्य समयहरुमा त्यति पर्यटकहरुको आवागमन नभएपनि हाल हिमपातका कारण आन्तरीक पर्यटकहरुको मुख्य आकर्षण हो मकवानपुरको सिमभञ्ज्याङ् र दामन ।...
सवारी दुर्घटनामा मकवानपुरका १ जनासहित ७ जनाको मृत्यू
काठमाडौँ, १२ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । काठमाडाँैको काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला पेट्रोल पम्प नजिक बा.३ख ३४१६ नम्बरको टिपरले शुक्रबार नाम, थर, वतन नखुलेको पैदल यात्री पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
ट्रयाक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु
उर्लाबारी, मोरङ, १२ माघ । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्क्रबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कानेपोखरी–७ बस्ने ५५ वर्षीय विशेश्वरप्रसाद राजवंशी रहेका छन् । बिहीबार साँझ भौसाबारीबाट रमाइलोतर्फ आउँदै गरेको को १ त ७१५५ नम्बरको ट्र्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको...
मिर्चैयाको बजेट रु ४३ करोडभन्दा बढी
लहान, १२ माघ । सिरहाको मिर्चैया नगरपालिकाको पहिलो नगरसभामा आव २०७४÷०७५ का लागि रु ४३ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले चालू आव ०७४÷०७५ का लागि रु ४३ करोड ३२ लाख ९१ हजार १३३ को बजेट विहिबार प्रस्तुत गर्नुभएको हो । नगरप्रमुख यादवका...
सुराकीको आधारमा पिछा गरेर हेटौँडामा एक जना पक्राउ
मकवानपुर, १२ माघ । लागुऔँषध लिएर गइरहेको भन्ने सुराकीका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौँडामा एक जनालाई पक्राउ गरेको छ । बुधबार अन्दाजी साढे ३ बजेको समयमा हेटौँडा –९ बस्ने वर्ष ३४ को निरोज भण्डारीले लागुऔँषध ल्याएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको...







