जुवा खालबाट रु तीन लाखसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०७४ माघ २१, आईतवार १५:४४
फाइल फोटो

भक्तपुर, २१ माघ । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ ।

प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । प्रहरीले जुवाखालबाट ताससँगै रु दुई लाख ९७ हजार ५२० सहित उनीहरुलाई नियन्त्रणमा कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*