मकवानपुरका युवक यसकारण परे काठमाडौँमा पक्राउ

तु खबर संवाददाता
२०७४ माघ २२, सोमबार ०८:१८

काठमाडौँ, २२ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–३ आग्रा घर भएका २९ बर्षीय हक्तराम तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेश २ के.जी.सहित पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा चेक प्वाईन्टमा चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख ८८१९ नम्बरको यात्रुबाहक बसलाई आइतबार चेक गर्दा तामाङले बोकेको झोलाबाट उक्त चरेश बरामद भएको थियो । यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक प्वाईटमा खटिएको प्रहरी टोलीले भारतीय नागरिक ३६ बर्षीय भगनारायण गिरीलाई अवैध लागूऔषध ६ सय ३२ एम्पुल सहित पक्राउ गरेको छ ।

बिरगंजबाट काठमाडौँ आउदै गरेको ना.७ ख४२८ नम्वरको बसमा सवार गिरीलाई आइतबार प्रहरीले नियन्त्रित लागूऔषध लुफिजेसिक १ सय ९८ एम्पुल, फेनारगन १ सय ९४ एम्पुल, डाईजाल्याप १ सय ९४ एम्पुल र नुर्फिन ४६ एम्पुल सहित पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*