समाचार

हेटौँडाको बसामाडीमा ट्रक र जिप ठोक्किदा एकको मृत्यु

हेटौँडा, ११ माघ । हेटौँडा उपमहानगरपालिकाको बसामाडीमा ट्रक र जिप ठोक्किदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाईते भएका जीप चालक बिकास खनियाको मृत्यु भएको हो । बिहिबार दिउसो २ बजे हेटौंडाबाट मनहरी जादै गरेको ना.२.च.३३८७ नम्बरको जिपलाई मनहरीबाट हेटौंडा तर्फ आइरहेको ना.५.ख.८८६१ नम्बरको ट्रकले हेटौंडा उपमहानगरपालिका ३...

हेटौँडा–सिस्नेरी–काठमाडौँ मार्ग खुल्यो, यसकारण भयो ६ दिन बाटो बन्द

मकवानपुर, ११ माघ । माघ ५ गतेको सवारी दुर्घटनाका कारण बन्द भएको हेटौँडा–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ पुग्ने बाटो पूनः सुचारु भएको छ । माघ ५ गते शुक्रबार बेलुकी दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा सवारी दुर्घटनामा परि सोही नगरपालिकाको वडा नम्बर ९ मा बसोबास गर्ने डाक्टर एलिजा भण्डारीको मृत्यू भएपछि...

हेटौँडाको पदमपोखरीमा बाटोको हरिबिजोग, यसकारण बनेन कुख्रेनीको पुल

–चन्द्र घलान मकवानपुर, ११ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ र १३ को सिमानामा पर्ने कुख्रेनी खोलामा दैनिक रुपमा आवतजावत गर्नको लागि निकै नै समस्या उत्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पति र हेटौंडा–९ लामसुरेलाई जोड्ने गरी कुख्रेनी खोलामा निर्माण हुने भनिएको पक्की पुल निर्माण...

टिपरको ठक्करबाट एक वृद्धाको ज्यान गयो

बुटवल, ११ माघ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् । घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९...

हिउँ हटाइ यातायात सेवा सञ्चालन

हेटौँडा, ११ माघ । त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ । हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हटाएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर...

बाँदरमुढे घटनापीडितको लागत संकलन शुरु

रत्ननगर, चितवन, ११ माघ । बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको...

विचौलियाद्वारा ठगिँदै गएका छन् किसान

गौशाला, ११ माघ । महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै गएका छन् । रामनगरस्थित एभरेष्ट चिनी उद्योगले विचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएका हुन् । जिल्लामाा ११ हजार बिगाहामा लगाएको २२ लाख क्विन्टल उखु किसानले पुरानै मूल्य...

एक हजारलाई कम्बल वितरण गरियो

विराटनगर, ११ माघ । मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो । पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गर्नुभयो ।...

प्रहरी सर्च नियमित हो : प्रहरी प्रमुख ऐर

ललितपुर, ११ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ । परिसरका प्रमुख ९प्रहरी वरिष्ठ उपरीक्षक० गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ...

कष्टकर जीवनयापन गर्दै निकुञ्ज पीडित

भीमदत्तनगर, ११ माघ । गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा शिविरमा पुग्ने राजनीतिक दलका नेता तथा उम्मेदवारले दिएको आश्वासनबाट पुनःस्थापना हुनेमा आशावादी देखिएका कञ्चनपुरका शुक्लाफाँटा निकुञ्ज विस्थापित त्रिपालमुनि संघर्षका रात बिताउन बाध्य छन् । चिसोसँगै विस्थापित त्रिपाल, खरलगायतका अस्थायी वस्तुको टहरामा कष्टकर जीवनयापन गरिरहनुभएको छ । २०५८...