जनकल्याणमा पुगेर सांसद मोक्तानले भनिन्–‘थाहा नगरमा रुपचन्द्र विष्टको ठूलो देन छ’
-मञ्जरी बलामी
मकवानपुर, २० माघ । सांसद कुमारी मोक्तानले जनकल्याण विद्यालयको निर्माण र यो क्षेत्रलाइ थाहा नगरसम्म पुर्याउनको निम्ति रुपचन्द्र बिष्टको ठुलो देन भएको कारण थाहा नगरभित्रको जनकल्याणको छुट्टै इतिहास रहेको बताए । उत्तरी मकवानपुरकै इतिहास बोकेको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको पाचौँ दिनको कार्यक्रममा बोल्दै प्रमुख आतिथि प्रदेश सभा सदस्य प्रदेश नं २ (क) का माननिय सांसद मोक्तानले यस्तो बताएका हुन् ।
उनले थाहा नगरलाइ अझ माथि उठाउनको निम्ति सबैले प्रतिबद्धताको साथमा लाग्नका लागि हातमा हात मिलाई अघि बढ्ने अठोटको साथमा आफु लागेको र परिकल्पना नभइ परिणाममा देखाउन सक्ने बताए । जनकल्याणबाट हाल देश निर्माणको निमित्त आवश्यक पर्ने सक्षम र बैज्ञानिक किसिमको क्षमता भएका बिद्यार्थी उत्पादन गर्ने र त्यसका लागि आफुले पनि सहयोग गर्ने उनले बताए । साथै उनले मकवानपुर कै सक्षम क्षेत्रको रुपमा चिनिने थाहा नगर यो विद्यालयलाइ देशकै नमुना बिद्यालयको रुपमा बिकास गर्न सबै मिलेर लागि पर्न अनुरोध गरे ।
विद्यालयले आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सब मनाउने क्रममा शुक्रबार जिल्ला स्तरिय अन्तर माबि छात्र भलिबल, छात्रा कब्बडीको समापन, छात्र–छात्रा सर्टपुटको साथमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार र शुक्रबार भएको छात्रा कब्बडी खेलबाट जनकल्याण माबि प्रथम, बागेश्वरी माबि द्धितिय र मत्स्यनारायाण माबि तृतिय भएका छन् ।
त्यस्तै भने छात्र–छात्रा सर्टपुटमा छात्रतर्फ बज्रबाराही माबि प्रथम, जनक माबि द्धितिय र जनकल्याण माबि तृतिय भएका छन् भने छात्रा तर्फ भने जनकल्याण माबि प्रथम, झम्केश्वरी माबि द्धितिय र बागेश्वरी माबि तृतिय भएका छन् । त्यस्तै शुक्रबार नै भएको जिल्ला स्तरिय अन्तर माबि छात्र भलिबल खेलबाट ४ वटा बिद्यालय सेमी फाइनलमा प्रबेश गरेका छन् । जसमा जनकल्याण माबि,बज्रबाराही माबि , स्वच्छन्द भैरव माबि र जनक माबि सेमी फाईनल प्रबेश गरेको हो । जस मध्ये पनि शुक्रबार २ वटा बिद्यालयहरु बज्रबाराही माबि र जनकल्याण माबि फाइनलमा पुगेको छ । फाइनलमा पुगेको बिद्यालय बिच भने शनिबार खेल हुनेछ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले विज्ञान कृषि तथा चित्रकला प्रदर्शनी गर्नुका साथै माटो परिक्षण समेत गरिरहेको छ जस मार्फत जोसुकैले पनि आफ्नो खेती गरिने जमिनको माटो परिक्षण गराइ माटोमा रहको अम्लियपना र क्षारियपनाको मात्रा थाहा पाउन सक्ने जनाइएको छ । वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस बर्ष माघ १५ गते देखि २१ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि स्वर्ण जयन्ती मनाइरहेको छ ।
शनिबार जिल्ला स्तरिय अन्तर माबि छात्र भलिबलको फाइनल र हाजिरीजवाफको साथमा सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ । जिल्ला स्तरिय अन्तर माबि छात्र भलिबल भने २० गते मात्र समापन हुनुका साथै प्रथम, द्धितिय र तृतियको नतिजा सार्वजनिक हुने भएको छ ।
