थोत्रा गाडी र अव्यवस्थित सडकको कारण दुर्धटना बढ्यो : पृथक
मकवानपुर २१ माघ । नेपाल यातायात मजदुर संघको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको हेटौंडा औधोगिक क्षेत्रको सभाहलमा भएको सम्मेलन कार्यक्रममा यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्कीको प्रमुख आथित्यता र नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य कमान सिं पाख्रिन पृथकको विशेष आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति कार्कीले राज्य र व्यवसायीको मजदुलाई हेर्ने दृष्टिकोण सहि नभएको बताए । पारिश्रमिकमा समानता नभएकोको त्यसमा सुधार गर्नको लागि व्यवसायी र राज्यले विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा बिशेष अथिति रहेका पृथकले सडकमा धेरै पुराना गाडी र अव्यवस्थित सडक भएको कारण दुर्घटना व्यहोर्नु परेको र त्यसको दोष भने मजुदुरलाईनै दिने गरेको कारण मजदुरहरु समस्यामा रहेको बताए ।
कार्यक्रममले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अध्यक्षमा देवकुमार थोकर , उपाध्यक्षमा हेमबहादुर थापा र राजकुमार लामा , सचिवमा अजय लामा , सहसचिवमा ज्ञानेन्द्र दर्जि ,कोषाध्यक्षतामा रविन्द्र लामा लगाएत १५ सदस्यिय जिल्ला कार्यसमिति चयन भएको हो ।

नेपाल यातायात मजदुर संघ मकवानपुरका अध्यक्ष गंगा भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा यातायात मजदुर संघका केन्द्रिय महासचिव अजय तिमल्सिना, केन्द्रिय सचिव भिम थोकर ,मजदुर महासंघ जिल्ला संगठन प्रमुख रामसरण धिमिरे ,नारायणी यातायात व्यवसायी संघका सचिव सालिकराम ढकाल ,सेक्यूरेटि मजदुर संघका जिल्ला अध्यक्ष रविन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।
