प्रमुख सचिव रेश्मीराज पाण्डेले गरे पदबहाली
मकवानपुर १९ माघ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रमुख सचिवको रुपमा सुक्रबार रेश्मीराज पाण्डेले पदबहाली गरेका छन् । पदबहाली पश्चात उनले मकवानपुरका सरकारी कार्यालयका प्रमुखहरुले तत्काल कार्यालय व्यवस्थापनमा सहयोग गरेको प्रति आभार समेत प्रकट गरे ।
उनी मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यलयका प्रमुख थिए मन्त्री परिषदको निर्णयले उनलाई मुख्यभन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रमुख सचिव घोषणा गरेको थियो । उनले कार्यक्रममा बोल्दै माघ २७ गतेको प्रदेशसभाको बैठकले मुख्य मन्त्री तोक्ने र त्यसपछि सबै मन्त्रालयहरुलाई व्यवस्थीत गरी संचालन गर्ने बताए । हाल सबै मन्त्रालय संचालनमा ल्याउन समेत उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा मकवानपुरका सरकारी निकायका प्रमुखहरु सुरक्षा निकायका क्षेत्रिय स्तरका प्रमुखहरु मकवानपुरका प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय समितिका उपप्रमुख लगाएत सरोकारवाला निकाय र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

