बेतिनी स्वाथ्यचौकीमा एम्बुलेन्स नहुँदा समस्या, सहयोगका लागि अध्यक्षको अनुरोध

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १७:४४

मकवानपुर, १९ माघ । मकवानपुरको पुर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा न.ं ८ मा रहेको बेतिनी स्वाथ्य चौकीमा एम्बुलेन्स नहुँदा बिरामीहरुले अप्ठ्यारो व्यहोर्न बाध्य भएका छन् । दिनहुँ ३ देखि ५ जनासम्म बिरामी आउने गरेको उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकेकाहरुलाई हेटाँैडा लैजान समस्या परेको सो स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर वाइबाले बताए ।

८ वर्ष अघि जनसमुदाय तथा दाताहरुबाट रकम संकलन गरेर ९ लाख ५० हजारमा किनेको एम्बुलेन्स पुरानो भएर काम नगर्ने भएको छ । अब पुनः नयाँ एम्बुलेन्स खरिदका लागि सहयोग गर्न राजनीतिक दलका नेता, समाजसेवी, संघसंस्था तथा प्रतिष्ठित व्यक्तिहरुसँग आग्रह गरिएको अध्यक्ष वाइवाको भनाई छ ।

पटक–पटक मर्मत गरेर संचालन गरिएको एम्बुलेन्स अब कामै नलाग्ने भएपछि सहयोगी दाताहरुसँग अनुरोध गर्न बाध्य भएको बताइएको छ । त्यसैगरी विभिन्न समस्या लिएर उपचारको निम्ति आएको विरामीहरुलाई स्वास्थ्यकर्मीहरुले राम्रो व्यवहार नगर्ने गरेको गुनासो स्थानीयले गरेका छन् । समयमा स्वाथ्यकर्मी नआउने हुनाले लामो समय कुर्नुपर्ने बाध्यता रहेको समेत स्थानीयको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*