हेटौँडाबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १८:१०

मकवानपुर, १९ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित सडकखण्डबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २६ बस्ने वर्ष २० को बिबेक थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार राति साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा उनको शरीर खानतलासी गर्दा उनले लगाएको कालो रंगको ज्याकेटमा लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध डाईजेपाम १० एम्पुल, व्युपिनोर्फिन १० एम्पुल र फेर्नागन १० एम्पुल गरी जम्मा ३० एम्पुल फेला परेकोले उनलाई पक्राउ गरिएको हो । उनलाई लागू औषध ऐन २०३३ बमोजिम ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*