सुत्केरी आमा र बच्चाको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १७:२३

रुकुम, १९ माघ । रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उहाँको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिनुभयो ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उहाँको उपचारमा समस्या आएको डा राईले बताउनुभयो । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*