क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न अपिल

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १३:४७

राजविराज, १९ माघ । आर्थिक अवस्था एकदमै कमजोर रहेका सप्तरीका पत्रकार कमानन्द माझीका छोरा क्यान्सर पीडित गणेश माझीको उपचारमा रकम अभाव भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशकसमेत रहेका माझीका छोरा गणेशको उपचारमा अहिले रकम अभाव भएको पीडित माझीले राससलाई बताउनुभयो ।

विगत छ महिनादेखि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहँदा माझीका छोराको अवस्था गम्भीर भएकाले सो अस्पतालले भारतको दिल्लीस्थित एम्स अस्पतालमा रिफर गरेपछि माझी परिवारलाई छोराको उपचारमा रकम अभाव भएको नेपाल पत्रकार महासंघ शाखा सप्तरीकी महिला उपाध्यक्ष सुधा देवले बताउनुभयो ।

उक्त बालक सप्तरीको खुरुहरीयास्थित जनता माविमा कक्षा १० मा अध्यनरत गर्दै आएका थिए । यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पनि उनलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

नेपाल एसबिआई बैंक, राजविराज शाखामा खोलिएको खाता नम्बर ‘२५२२५२४०२०००१’ मा सिधै वा महासंघको सप्तरी शाखामा सहयोग गर्नका लागि अपिल गरिएको महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो । साथै व्भििन्न संघसंस्थालाई समेत सहयोगका लागि पीडित परिवारले आग्रह गरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*