प्रदेश नम्बर ३ को बैठकमै ईन्द्र बानियाँले दिए चेतावनी–‘हेटौँडा नै प्रदेश राजधानी उपयुक्त छ, अन्यन्त्र लाने कोशिस नगर्नुस्’

तु खबर संवाददाता
२०७४ माघ १८, बिहीबार १३:४७

–चन्द्र घलान
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठकमा सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडा नै ३ नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको बताएका छन् । बैठकमा बोल्दै उनले हेटौँडा नै प्रदेश राजधानी बन्ने विभिन्न तर्कहरु पेश गर्दै यसलाई अस्थायी राजधानी बनाएकोमा सरकारलाई धन्यवाद दिए ।

उनले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र लैजान प्रयास नगर्न चेतावनी समेत दिए । जबरजस्ती राजधानी अन्यन्त्र लगेमा आन्दोलन हुने र संघीयतामाथि नै प्रश्न उठ्ने उनको दाबी छ । उनले ३ नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने हो भने बहुमतका आधारमा निर्णय लाद्न नहुने तर्क राखे । यसलाई ठूलो दलहरुले सोच्नु र बुझ्नु जरुरी रहेको उनले बताए ।

‘दल सानो हुनसक्छ, ठूलो हुनसक्छ । तर, अल्पमतको आवाज सुन्नुपर्छ । मुलुक सम्बृद्ध बनाउने हो भने सोच र व्यवहारमा उदार हुनुपर्छ ’ उनले भने । ‘सबैको देश, सबैको संविधान बनाउन सहमति, सहकार्य र एकतालाई बिर्सन हुँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*