हेटौँडामा ६९ जना विद्यार्थीहरुले गरे रक्तदान

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार २०:१६

मकवानपुर, १७ माघ । मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न संकायमा अध्ययन गर्ने ६९ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन बुधबार रक्तदान गरिएको हो ।

कार्यक्रमको संयोजन युवा रेडक्रस सर्कलले गरेको कार्यक्रम संयोजक एवम् स्ववियू सदस्य आशिष अस्लामीले जानकारी दिए । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख बच्चुराम अधिकारी, स्ववियु सभापती कुमार केशी, रक्तसञ्चार केन्द्र हेटौंडाका विष्णु रिजाल लगाएतको उपस्थिती रहेको थियो । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बिहीबार एकल गायन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*