अनेरास्ववियुको २७ औँ अधिवेशनको सन्दर्भमा कमिटी निर्माण

तु खबर संवाददाता
२०७४ माघ १८, बिहीबार १८:१०

मकवानपुर, १८ माघ। अनेरास्ववियुको २७ औँ अधिवेशनको सन्दर्भमा  क्षेत्र नं ४ मा रहेको महेन्द्र किरण उच्च मावि र मावि कमिटी गठन गरिएको छ ।

मनहरी स्थित महेन्द्र किरण उच्च माविमा भएको यस कार्यक्रममा उच्च मावि र मावि गरि कमिटी निर्माण गरिएको छ । उच्च मावि अन्तर्गत लक्ष्मण लामाको अध्यक्षतामा २१ कमिटी र मावि अन्तर्गत सरोज दाहालको अध्यक्षतामा १९ कमिटी निर्माण गरिएको हो ।


यस कार्यक्रममा प्रमुख अतिथिती क्षेत्र नं ४ का क्षेत्रीय इन्चार्ज अरुण बर्तौला अरुण बर्तौला, क्षेत्र नं ४ को आयोजक कमिटीको संयोजक गोविन्द बर्तौला र जिल्ला कमिटी सदस्य महेन्द्र राना मगरको आतिथ्य लगाएत सदस्यहरु सन्तोष ढकाल, सुजन विक र नम्रता रिमालको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*