३ नम्बर प्रदेशको ऐतिहासिक प्रथम बैठकमा के–के भयो निर्णय ? कसले के भने ?
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को ऐतिहासिक प्रथम बैठक यहि माघ २७ गते हुने गरि स्थगित भएको छ ।
आजको बैठकमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए । त्यसको लगत्तै माननीय सभामुखले ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ लाई पारित गरियोस् भनि राखिएको प्रश्तावमा सबैको सहमति पश्चात पारित भएको छ । कार्यविधिमा ३० दफा र ४ अनुसूचि रहेको छ ।
त्यस्तै‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको संचालनका लागि गर्नका लागि रामेश्वर फुयाँल, शोभा शाक्यसहित चार जना रहेको समिति बनेको छ । त्यस्तै प्रदेशसभा सभामुखको चुनाव माघ २७ गते दिउँसो ३ बजेका लागि तोकिएको छ ।
