जनकल्याणको स्वर्ण महोत्सव भव्यरुपमा हुँदै

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १२:५५

मकवानपुर, १९ माघ । उत्तरी मकवानपुरकै इतिहास बोकेको जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सव भव्य रुपमा भइरहेको छ । एक सातासम्म चल्ने स्वर्णमहोत्सवमा आज पाँचौ दिनमा पनि विभिन्न कार्यक्रमहरु भइरहेको त्यहाँस्थित संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् ।

वि.सं. २०२५ सालमा स्थापना भएको विद्यालयले यस वर्ष माघ १५ गते देखि २१ गते सम्म सप्ताहब्यापी कार्यक्रम गरि स्वर्ण जयन्ती मनाइरहेको छ ।
शुक्रबार प्रदेश सभा सदस्य प्रदेश नं २ (क) का माननिय सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा जिल्ला स्तरिय अन्तर मावि छात्र भलिबल, छात्रा कब्बडी तथा कब्बडीको फाईनल, छात्र–छात्रा सर्टपुटको साथमा साँस्कृतिक कार्यक्रम हुने जनाईएको छ । जिल्ला स्तरिय अन्तर मावि छात्र भलिबल भने २० गते मात्र समापन हुनुका साथै प्रथम, द्वितिय र तृतियको नतिजा सार्वजनिक हुने भएको छ ।

त्यस्तै चौथो दिन बिहीबार थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सब मनाउने क्रममा विद्यालयले बिहीबार जिल्ला स्तरिय अन्तर माबि छात्र भलिबल, छात्रा कब्बडी, बक्तृत्वकला प्रतियोगिता र साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

तस्बिर–गुगल

दुब्र्यसनी रोक्न युवा बर्गको भुमिका विषयक बक्तृत्वकला प्रतियोगितामा थाहा नगरका विभिन्न विद्यालयका १२ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताबाट जनकल्याण माद्यामिक विद्यालयकी मनिका खत्री प्रथम, मत्स्यनारायण माविका सन्जित थापा द्वितिय र बागेश्वरी माविकी सस्मिता तामाङ तृतिय भएका छन् । पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामहरी अधिकारी र जनकल्याण माविका पुर्व विद्यार्थी तथा शान्तिपुर राष्ट्रिय दैनिकका प्रधान सम्पादक कुमार नेगीले बक्तृत्वकला प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

त्यस्तै बिहीबार नै भएको छात्रा कबड्डी खेलमा ४ वटा खेल भएको छ । जसमा ६ वटा विद्यालय सहभागी भएका थिए । छात्रा कबड्डीको पहिलो खेल झम्केश्वरी मावि र जनकल्याण मावि बिच भएको थियो जसमा जनकल्याण मावि बिजयी भएको छ । दोस्रो खेल सुनौला मावि र बागेशवरी माविबिच भएको थियो जसबाट बागेश्वरी मावि बिजयी हुन सफल भएको छ । त्यस्तै तेस्रो खेल मत्स्यनारायाण मावि र जनकल्याण माविबिच भएकोमा जनकल्याण बिजयी हँुदै फाईनलमा प्रबेश गरेको छ भने चौथो खेल बागेश्वरी मावि र हिमालयन इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलबिच भएकोमा बागेश्वरी मावि बिजयी हुँदै फाइनलमा प्रबेश गरेको छ । शुक्रबार फाइनल प्रबेश गरेका जनकल्याण मावि र बागेश्वरी माविकाबिच प्रथम र द्वितियको लागि प्रतिस्पर्धा हुँदैछ भने तेस्रो स्थानको लागि मत्स्यनारायाण र हिमालयनबिच खेल हुने जनाइएको छ ।बिहीबार नै भएको जिल्ला स्तरिय अन्तर मावि छात्र भलिबलमा लिग चरणका ६ वटा खेलहरु सम्पन्न भएको छ । जसमा पहिलो खेल सुन्दरी देबी मावि र जनकल्याण माविबिच भएको थियो जसबाट जनकल्याण विजयी भएको छ । त्यसैगरि दोस्रो खेल सुनौला र बज्रबाराही माविबिच भएको थियो जसबाट बज्रबाराही बिजय भएको बलामीले जानकारी दिईन् । तेस्रो खेल मत्स्यनारायाण मावि र जनक माविबिच भएको थियो जसबाट जनक मावि बिजय भएको छ भने झम्केश्वरी माबि र स्वच्छन्द भैरव माबिबिच भएको चौथो खेलबाट स्वच्छन्द बिजयी भएको छ । पाचौँ खेल सुन्दरीदेबी माबि र जनक माबिबिच भएको थियो जसबाट जनक माबि बिजयी भएको छ भने छैठौँ खेल सुनौला माबि र झम्केश्वरी माबि बिच भएको थियो जसबाट झम्केश्वरी माबि बिजयी भएको छ ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले विज्ञान कृषि तथा चित्रकला प्रदर्शनी गर्नुका साथै माटो परिक्षण समेत गरिरहेको छ जस मार्फत जोसुकैले पनि आफ्नो खेती गरिने जमिनको माटो परिक्षण गराइ माटोमा रहको अम्लियपन र क्षारियपनको मात्रा थाहा पाउन सक्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*